कलाकारिताको विकृतिप्रति ‘बल्छी धुर्वे’को हीनताबोध !
सारांश
- काठमाडौं, पुस २१ ।
- मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ हास्यकलाकार मात्र होइनन् समाजसेवी पनि हुन् ।
- विगत सात वर्षदेखि हास्यश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गरिरहेका मरिचमान हालसम्म बल्छी धुर्वेकै भूमिकामा प्रस्तुत भैरहेका छन् ।
काठमाडौं, पुस २१ । मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ हास्यकलाकार मात्र होइनन् समाजसेवी पनि हुन् । विगत सात वर्षदेखि हास्यश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गरिरहेका मरिचमान हालसम्म बल्छी धुर्वेकै भूमिकामा प्रस्तुत भैरहेका छन् ।
तर, मरिचमान आफ्नो नाम बल्छी धुर्वे भनेर चिनिएकोप्रति सन्तुष्टि छैनन् । सन्तुष्टि नहुनुको कारण उनले आफ्नो फेसबुकमार्फत लामो स्ट्याटस लेखेर नै सार्वजनिक गरेका छन् ।
कारण हो, पछिल्लो समय कलाकारिता क्षेत्र र पत्रकारिता क्षेत्रमा आएको विकृतिप्रति । उनले सबै च्यानल उस्तै हो भन्न मिल्दैन र छैन पनि तर केही च्यानलहरु पैसा आउँछ भन्दैमा जस्तो काम गर्न पनि पछि नपर्ने बताएका छन् ।
पत्रकारिताको नाममा कलाकारलाई बोलाएर तल्लो स्तरको प्रश्न सोध्ने अनि कलाकारहरु पनि ‘जसो–जसो पण्डित बाजे, उसै–उसै स्वाहा’ भनेजसो गर्ने गरेकोप्रति बल्छी धुर्वेको आपत्ति रहेको छ ।
‘जस्तो प्रश्न त्यस्तै उत्तर दिँदै हिँड्दा आम जनताले हामी कलाकारलाई के सोच्छन् ?’ बल्छी आफैँ प्रश्न गर्छन्, ‘यस्ता खालका प्रश्न सोध्ने पत्रकार अनि सुन्नै नसकिने उत्तर दिने कलाकारहरु आफ्ना बा–आमा अनि आफन्तको अगाडि कसरी मुख देखाउँछन् ।’
आजकाल पत्रकारले कलाकारलाई सोध्ने प्रश्न र उत्तरबारे बल्छीले केही उदाहरण प्रस्तुत गरेका छन् ।

हेर्नुहोस् पत्रकारको प्रश्न ।
१. कति पल्ट गर्नु भो ?
२. को–को सँग गर्नु भो ?
३. कसरी गर्दा मज्जा आउँछ ?
४. भुईमा गर्नु भो कि खाटमा गर्नु भो ?
५. रातभरिमा कति पल्ट गर्नु हुन्छ ?
हेर्नुहोस् कलाकारको उत्तर ।
१. १० पल्ट गरे ।
२. यसरी–यसरी गर्दा मज्जा आउँछ ।
४. एक रातमा ४ पल्ट गर्न पर्छ मलाई ।
५. जसरी भन्नुहुन्छ त्यसरी गर्दिन्छु ।
यस्ता प्रश्न र उत्तरले बल्छी आजकाल चिन्तित छन् । उनी भन्छन्, ‘हैन हाम्रो नेपाली समाज कता जाँदै छ ?’
आजसम्म कसैले यस्तो नलेखेको बेला आखिर बल्छीले किन यस्तो लेखे भनेर सबैलाई चासोको विषय बनेको होला । यो समाचार पढेपछि कत्तिले त यो बल्छीलाई किन यस्तो लेख्न परेको भन्दै गाली समेत गर्दै होलान् ।
प्रसंग फरक छ । बल्छीले यस्तो स्ट्याटस लेख्नुको छुट्टै कारण छ । एकदिन बल्छी बाटोमा हिँड्दै थिए, एउटा सानो नानीले (बल्छीलाई देखाउँदै) ऊ हेर्नु त मम्मी बल्छी जाम न फोटो खिच्न भनिन् ।
अनि ती नानीकी मम्मीले भन्नभयो, (सुन्नै नहुने, बोल्नै, हेर्ने नहुने) कुराहरु पोष्ट गर्ने मान्छे हुन् यिनीहरु, के फोटो खिच्ने नानी भन्दै गएपछि बल्छीले यस्तो लेखेर सार्वजनिक गरेका हुन् ।
त्यसपछि बल्छी आफैँले आफूलाई छि.छि..छि… म कलाकार, हामी कलाकार भन्दै आफ्नो बाटो लागेको बताउँछन् । उनी भन्छन्, ‘सायद कानुन भएको देश भएको भए यतिसम्म छाडात्रन्त हुन्थेन होला ।’
प्रतिक्रिया