सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त

सारांश

  • काठमाडौं, २४ साउन ।
  • सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गरेका एक दम्पतीलाई भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको छ ।
  • दिनेश र तारकेश्वरी राठौडले अघिल्लो वर्ष आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको बताएका थिए ।

काठमाडौं, २४ साउन । सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गरेका एक दम्पतीलाई भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको छ ।

दिनेश र तारकेश्वरी राठौडले अघिल्लो वर्ष आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको बताएका थिए । तर भारतको महाराष्ट्र राज्यका अधिकारीहरुले सोमबार उक्त दम्पतीले जोडजाड पारिएको तस्वीर प्रयोग गरेर आफूले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेको निष्कर्ष निकालेको छ ।

उक्त दम्पतीले सगरमाथाको आरोहण गरेको बिषयको सत्यतामा अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो ।

महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सेहिब्राओ पाटिलले पीटीआई समाचार संस्थालाई उक्त दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिए ।

अब उक्त दम्पतीविरुद्ध कुनै थप कारबाही गरिन्छ कि गरिदैँन स्पष्ट भइसकेको छैन् । यसअघि नै नेपाली अधिकारीहरुले उनीहरुले झुटो दाबी पेश गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लागाइसकेका छन् । –बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौरासी बिघा ओगट्ने गरी बेवारिसे सवारी, लिलाम गर्न कानुनको अभाव
चौरासी बिघा ओगट्ने गरी बेवारिसे सवारी, लिलाम गर्न कानुनको अभाव
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
घाँस काट्दा भीरबाट लडेर महिलाको मृत्यु
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
शुभमुर्हुत सँगै ‘सेल्फी किङ’ छायाँकन शुरु
शुभमुर्हुत सँगै ‘सेल्फी किङ’ छायाँकन शुरु
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु