समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २७, २०७३
|
|
९८८ पटक हेरिएको
Shares
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन

सारांश

  • सधैंझै शनिबार बिहान पनि भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर स्टुडियोमा छिरिन्।
  • समाचार पढिरहेको बेला एउटा ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु।
  • छत्तीसगढका क्षेत्रीय टिभी च्यानलकी समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन्।

सधैंझै शनिबार बिहान पनि भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर स्टुडियोमा छिरिन्। समाचार पढिरहेको बेला एउटा ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु।

छत्तीसगढका क्षेत्रीय टिभी च्यानलकी समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन्। र, घटनाका बारेमा थप जानकारी मागिन्। मासामुन्ड जिल्लाको पिठौरामा भएको उक्त दुर्घटनाबारे जब संवाददाताले फोनमा वर्णन गर्न थाले तब सुप्रितले थाहा पाइन्, त्यो गाडीमा त उनका श्रीमान् हर्षद कावाडे पनि थिए। उनले मृतकको सनाखत भइनसकेको बताए। उनले केही नभएजस्तो गरी आफ्नो भावनालाई काबुमा राखेर समाचार वाचन पूरा गरिन्। समाचार सकिएपछि उनले फेरि संवाददातालाई फोन गरिन्। आफ्नो श्रीमानको मृत्यु पुष्टि भयो। सुप्रितका साथीहरुले उनले व्यक्तिगत पीडामा पनि आफूलाई सम्हालेर कामप्रतिको दायित्व निर्वाह गरेको भन्दै तारिफ गरेका छन्।

कौर आइबिसी २४ टिभी च्यानलमा ९ वर्षदेखि काम गरिरहेकी छन्। हर्षदसँग एक वर्षअघि मात्रै उनको विवाह भएको थियो।

(https://www.biolighttechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?