खानेपानीका लागि त्रिपक्षीय सम्झौता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
खानेपानीका लागि त्रिपक्षीय सम्झौता

सारांश

  • भक्तपुर, २० साउन ।
  • ‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।
  • चाँगुनारायणको मनोहरा बेँसी र पिखेल पकुनेपाटीमा खानेपानी विस्तारका लागि दाता ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड), स्थानीय उपभोक्ता समिति र सहयोगी संस्था युवा क्रियाकलाप सामाज (सोया)बीच त्रिपक्षीय सम्झौता भएको हो ।

भक्तपुर, २० साउन । ‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

चाँगुनारायणको मनोहरा बेँसी र पिखेल पकुनेपाटीमा खानेपानी विस्तारका लागि दाता ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड), स्थानीय उपभोक्ता समिति र सहयोगी संस्था युवा क्रियाकलाप सामाज (सोया)बीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुसार चाँगुनारायणको मनोहरा बेँसीका २७५ र पिखेल पकुनेपाटीका १०६ घरधुरीमा खानेपानी विस्तार हुने भएको छ । खानेपानी विस्तारका लागि फण्ड बोर्डले आवश्यक आर्थिक सहयोग गर्ने र सोयाले प्राविधिक सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको सोयाका प्रबन्ध निर्देशक पहलमान श्रेष्ठले बताउनुभयो ।

सोयाले गत वर्षदेखि फण्ड बोर्डको आर्थिक सहयोगमा जिल्लाका ६ वटा बस्तीका घरघरमा खानेपानीको धारा विस्तारका लागि काम गर्दै आइरहेको छ । ती आयोजनामा मनोहरा बँेसी खानेपानी तथा सरसफाइ आयोजना, पिखेल (पकुनेपाटी) खानेपानी तथा सरसफाइ आयोजना, छालिङ्ग (थापागाउँ) खानेपानी तथा सरसफाइ आयोजना, बहालवन काफ्ले टोल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना, सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ आयोजना र आशापुरी खानेपानी तथा सरसफाइ आयोजना रहेका छन् ।

यी ६ वटै आयोजनामा पूर्व विकास चरणका कार्यहरु र विकास चरणको सम्पूर्ण कार्य पूर्णरुपमा सम्पन्न भइसकेको सोयाले जनाएको छ । आयोजना कार्यस्थलमा सम्पन्न सम्झौतापत्रमा फण्ड बोर्डका कार्यक्रम व्यवस्थापक रियाज आलम, सोयाका अध्यक्ष राधेश्याम दुवाल, उपभोक्ता समितिका अध्यक्षहरु गणेशबहादुर श्रेष्ठ र जयन्द्र खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?