सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????

सारांश

  • ४ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाका नेताहलाई सरकारमा सहभागिता जनाउन आग्रह गर्नु भएको छ ।
  • प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार बिहान बसेको सत्तारुढ कांग्रेस, माओवादी र राजपाका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागि हुन राजपा नेताहरुलाई आग्रह गर्नु भएको हो ।
  • ‘भोलि मन्त्रिपरिषद विस्तारको तयारी छ, राजपा सरकारमा सहभागि हुने वा नहुने विषयमा उसको धारणा माग्ने काम भयो’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भन्नु भयो ।

४ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाका नेताहलाई सरकारमा सहभागिता जनाउन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार बिहान बसेको सत्तारुढ कांग्रेस, माओवादी र राजपाका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागि हुन राजपा नेताहरुलाई आग्रह गर्नु भएको हो ।

‘भोलि मन्त्रिपरिषद विस्तारको तयारी छ, राजपा सरकारमा सहभागि हुने वा नहुने विषयमा उसको धारणा माग्ने काम भयो’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भन्नु भयो ।

संविधान संशोधन र राजपाका अन्य मागहरुबारे छलफल गर्न बसेको बैठकमा संशोधनबारे छलफल हुन नसकेको राजपा अध्यक्ष महन्थ ठाकुरले वताउनुभयो ।

संविधान संशोधन प्रस्ताव, तेस्रो चरणको निर्वाचन र सरकार विस्तारका बारेमा छलफल गर्न बसेको बैठकमा संविधान संशोधन प्रस्तावबारे कुरै नभएको माओवादी नेता श्रेष्ठले वताउनुभयो । माअवादी नेता श्रेष्ठका अनुसार राजपाले राखेका सहिद घोषणा, अन्दोलनमा घाइतेको उपचार खर्चलगायतमा छलफल भएपनि संविधान संशोधन प्रस्तावबारे बैठकमा छलफल भएन ।

बैठकपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बैठकले कुनै ठोस निष्कर्ष निकाल्न नसकेको बताउनुभयो । राजपा सरकारमा जाने विषय, संविधान संशोधन र अन्य मागबारे छलफल गर्ने तय भए पनि सरकारले संशोधनको विषय उठाउन नचाहेको ठाकुरको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
एक सातामा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए
एक सातामा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए
यौन शक्ति बढाउन बालकको हत्या
यौन शक्ति बढाउन बालकको हत्या
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित
वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
पश्चिमी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी
भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

तपाईंले छुटाउनुभयो कि?