आजको मौसम : काठमाडौंमा घाम लाग्ने, पूर्वमा आंशिक बदली
सारांश
- काठमाडौं, माघ २५ ।
- पूर्वी क्षेत्र बाहेक देशभरको मौसम बिहीबार सामान्यतया सफा रहने भएको छ ।
- पूर्वमा भने बिहीबार आंशिक बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, माघ २५ । पूर्वी क्षेत्र बाहेक देशभरको मौसम बिहीबार सामान्यतया सफा रहने भएको छ । पूर्वमा भने बिहीबार आंशिक बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पूर्वमा कायम रहेकाले त्यस क्षेत्रमा आंशिक बदली हुनेछ । तर बेलुकातिर पूर्वको मौसम पनि सफा हुने मौसमविद्ले बताएका छन् ।
काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ र दिनभर पनि मौसम सफा रहने छ । न्युनतम तापक्रम पनि बढ्न थालेकाले जाडो कम हुँदै गएको र अब बिस्तारै गर्मी सुरु हुने मौसमविदको भनाई छ ।
बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया