प्रधानमन्त्री दाहालले भने : निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहालले भने :  निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं

सारांश

  • निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री काठमाडौँ ।
  • प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताए ।
  • आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाए ।

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताए ।

आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाए । उनले भने,“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।”

उनले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताए । विद्युतीय सिँचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ ।

“यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ” प्रधानमन्त्रीले भने, “नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ”, प्रधानमन्त्रीको कथन छ ।

प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र सङ्कटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार देखिएको बताए । “पर्यटक आउने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशमा रहेका लाखौंँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ । समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो”, उनले भने ।

प्रधानमन्त्री दाहालले उपेन्द्र यादव देशको नेता भएको भन्दै संसद्का लागि आवश्यक भएको बताए । “उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो । समग्र परिवर्तनका मुद्दाले जित्नु हो”, उनले भने ।

संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको उहाँले स्पष्ट पारे । उनले उपेन्द्र यादवलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पार्न आग्रह गरे ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं–२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गरेका थिए ।

(veroinn.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मस्ती मुडमा प्रियंका—निक
मस्ती मुडमा प्रियंका—निक
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
झलनाथ र सुवासको क्षेत्रमा कस्तो छ एमालेको हालत ?
झलनाथ र सुवासको क्षेत्रमा कस्तो छ एमालेको हालत ?
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
Glory Gambling Establishment ️ Play On The Internet On Official Site In India Beauty Casino Could Be The New Online Casino Throughout India Sign Upwards For Glory Casino And See For Yourself That It Will Be One Of The Best Gambling Sites Out There %
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
असार ४ गते बिहिवारको राशिफल यस्तो छ
असार ४ गते बिहिवारको राशिफल यस्तो छ
चर्चित यि बालिउड नायिकाहरुको वास्तविक नाम
चर्चित यि बालिउड नायिकाहरुको वास्तविक नाम
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई