साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने

सारांश

  • काठमाडौं ।
  •  निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ।
  • स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो ।

काठमाडौं । निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो । उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने भएको हो । फोटोसहितको नामावलीमा नाम नभएका नेपाली नागरिकले नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्छ । यसअघि फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले भने नाम लेखाउनुनपर्ने जनाईएको छ। सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा नगरुन्जेल मतदाता नामावली अद्यावधिक हुनेछ ।

मतदाता नामावलीमा नाम लेखाएका मतदाताले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन् । स्थानीय तहको निर्वाचनका लागि गत फागुन ९ गतेसम्म अन्तिम हो । त्यति बेला नाम लेखाएका २ नम्वर प्रदेशका मतदाताले मात्रै स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदान गर्न पाउँने छन् । अब नाम लेखाउने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओजी लन्चले बाढीपीडितको लागि सहयोग गर्ने
ओजी लन्चले बाढीपीडितको लागि सहयोग गर्ने
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
Sweet Bonanza Slot İncelemesi: Heyecan Verici Bir Şeker Patlaması Deneyimi
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ