कुटपिटबाट मृत्यु तथा अभियुक्त पक्राउ
सारांश
- काठमाडौं, १० असोज ताप्लेजुङ ः याङबरक गाउँपालिका–४ बस्ने २८ बर्षीया कमला राईको कुटपिटबाट मृत्यु भएको छ ।
- असोज ५ गते सोही ठाउँ बस्ने ५८ बर्षीया सन्तरानी साम्सोहाङले लेनदेनको बिषयमा कुटपिट गर्दा घाईते भएकी राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
- कुटपिट गर्ने साम्सोहाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, १० असोज
ताप्लेजुङ ः याङबरक गाउँपालिका–४ बस्ने २८ बर्षीया कमला राईको कुटपिटबाट मृत्यु भएको छ । असोज ५ गते सोही ठाउँ बस्ने ५८ बर्षीया सन्तरानी साम्सोहाङले लेनदेनको बिषयमा कुटपिट गर्दा घाईते भएकी राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । कुटपिट गर्ने साम्सोहाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा ः आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा धनगढीमाई नगरपालिका–२ भवानीपुर बस्ने ३२ वर्षीय ज्ञानेन्द्रप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले सोमबार मादक पदार्थ सेवन गरी घरायसी बिबाद हुँदा २७ बर्षीया श्रीमती मञ्जु कुमारी चौधरीलाई कुटपिट गरेकोमा कुटपिटका कारण मञ्जुको सुतेकै ठाउँमा मृत्यु भएको अवस्थामा मंगलबार शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया