८० वर्षमा क, ख सिक्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
८० वर्षमा क, ख सिक्दै

सारांश

  • म्याग्दी ।
  • बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन् ।
  • रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थालेका छन् ।

म्याग्दी । बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन् । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थालेका छन् । गत वैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीसँगै बसेर पढ्ने गरेको नेशनल एकेडेमीका प्राचार्य याम थापाले बताए ।

उनले नेपाली र अंग्रेजी अंक, अक्षर लेखपढ सिक्नका लागि विद्यालय भर्ना भएको बताए । धार्मिक ग्रन्थ अध्ययन गर्न, हरहिसाब गर्न, आफ्नो, परिवारका सदस्य र ठाउँको नाम चिन्ने उनको उद्देश्य छ ।

बौद्ध धर्ममा आस्था राख्ने थापाले पढ्न नजान्दा धर्मग्रन्थका बारेमा बुझ्न नसकेका कारण आफैँले पढेर ज्ञान हासिल गर्ने अठोट लिएका छन् । उनी भारतीय सेनाका पेन्सनर हुन् ।

थापा नातिनातीनासँगै झोलामा कापी, कलम र किताब बोकेर विद्यालय आउने र पढाइमा निकै चासो दिने गरेको शिक्षिका टीका थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?