मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १४, २०७६
|
|
५३ पटक हेरिएको
Shares
मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननेता मदन भण्डारीको जस्तै हत्याकाण्ड नहोला भन्न नसकिने बताएका छन् ।
  • राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको प्रचण्डको स्विकारोक्ति थियो ।
  •  शनिबार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननेता मदन भण्डारीको जस्तै हत्याकाण्ड नहोला भन्न नसकिने बताएका छन् । राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको प्रचण्डको स्विकारोक्ति थियो । शनिबार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका हुन् । उनले मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आजसम्म हत्यारा किटेर

भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत गरे । मदन भण्डारी हत्या, भण्डारीका चालक अमर लामाको हत्या र दरबारहत्याकाण्डजस्ता ठूला ठूला हत्याकाण्डको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसकेको भन्दै अहिलेसम्मको सरकार यसमा चुकेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भेट्न दाहाल, खनाल र नेपाल शितलनिवासमा
राष्ट्रपति भेट्न दाहाल, खनाल र नेपाल शितलनिवासमा
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
लगानी सम्मेलन : नेपालमा लगानी गर्ने विदेशीको इच्छा
लगानी सम्मेलन : नेपालमा लगानी गर्ने विदेशीको इच्छा
ग्यास सिलिन्डर पड्किँदा दुई घाइते….
ग्यास सिलिन्डर पड्किँदा दुई घाइते….
राप्ती ६ मा एमालेको वडा अध्यक्ष सहित प्यानल नै बिजयी
राप्ती ६ मा एमालेको वडा अध्यक्ष सहित प्यानल नै बिजयी
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
सलमान खान काठमाडौं आउने मिति टुंगो लाग्यो, को–को आउँदै ?
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ  प्रधानमन्त्री देउवा
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ प्रधानमन्त्री देउवा