सन्नी लियोनिको बायोपिक विवादमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सन्नी लियोनिको बायोपिक विवादमा

सारांश

  • बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ ।
  • यो बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् ।
  • सिखहरुको संगठन सिरोमणी गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलदित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने बताए ।

बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ ।

यो बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् ।

सिखहरुको संगठन सिरोमणी गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलदित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने बताए ।

‘यो नामले समस्त सिख सम्प्रदायको अपमान गरेको छ,’ उनले भने, ‘सन्नीले धर्म परिवर्तन गरिसकेकी छन्, त्यसैले अब कौर थर उनले प्रयोग गर्न पाउँदिनन् ।’ अश्लिल चलचित्रकी नायिकाको बायोपिकमा ‘कौर’ थर प्रयोग हुँदा सिख समुदायलाई ठेस पुग्ने उनको भनाई छ । यसबारेमा सन्नीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

बायोपिकको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो । यसमा सन्नीले आफ्नो भूमिका आफैं निभाएकी छन् । कुनै पनि बायोपिकमा यो नयाँ अभ्यास हो । बाल्यावस्थाकी सन्नीको भूमिका भने १४ वषिर्या रसा सौजनीले गरिरहेकी छन् ।

आदित्य दत्तले निर्देशन गरेको यो बायोपिक जि ५ एपमा वेव सिरिजका रुपमा १६ जुलाईबाट प्रशारण हुनेछ । प्रशारण सुरु भएपछि यो अझै विवादमा मुछिन सक्ने अड्कल काटिएको छ । यसमा सन्नीका सेक्स सिनहरु कति समावेश गरिएको छ भन्ने ट्रेलरबाट खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
सुन्दर युवती देख्नै नहुने पूर्वराष्ट्रपति
सुन्दर युवती देख्नै नहुने पूर्वराष्ट्रपति
‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !
‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि
निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित