साक्षीलाई प्रभाबित पार्दै जिसिअ महतो ,मन्त्रालय मौन
सारांश
- जनकपुरधाम : अवैद्य निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन्।
- सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर्ता संचालनमा रहेको विद्यालयलाई किन कार्वाहीको लागि पत्र काटेको भन्दै गालीगलौज गर्दै कार्याकक्षमै सोमबार झापड र चप्पलले हानेका हुन्।
- कार्यालयका अन्य कर्मचारीहरु सो ठाउँमा उपस्थित रहेको अवस्थामा रायले सहायक जिशिअ यादवलाई कुटपिट गरे पनि उनलाई हालसम्म कुनै कारबाही भएको छैन।
जनकपुरधाम : अवैद्य निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन्।
सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर्ता संचालनमा रहेको विद्यालयलाई किन कार्वाहीको लागि पत्र काटेको भन्दै गालीगलौज गर्दै कार्याकक्षमै सोमबार झापड र चप्पलले हानेका हुन्।
कार्यालयका अन्य कर्मचारीहरु सो ठाउँमा उपस्थित रहेको अवस्थामा रायले सहायक जिशिअ यादवलाई कुटपिट गरे पनि उनलाई हालसम्म कुनै कारबाही भएको छैन।
बिना दर्ता नै अवैद्य रुपमा सञ्चालनमा रहेका निजी विद्यालयलाई नियन्त्रण गर्न यादवको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरी असार २५ गतेदेखि जनकपुर नगरक्षेत्रका विभिन्न विद्यालयमा अनुगमन गरिएको हो। जस अन्तर्गत आइतबार सम्ममा ३३ वटा निजी विद्यालयमा अनुगमन गरी बिना दर्ता र बिना कुनै पूर्वाधार सञ्चालनमा रहेका १२ वटा विद्यालयलाई बन्द गर्न निर्देशन समेत दिइएको हो। तर, यस्ता विद्यालयसंग रकम उठाई जिल्ला शिक्षा कार्यालयकै कर्मचारीले फर्जी संचालन पत्रहरु दिएको जानकारी समेत प्राप्त भएपछि अनुगमन टोलीका संयोजक यादवले अवैद्य विद्यालय संचालनमा जिशिकाका कर्मचारीको मिलोमतो रहेको आशयको प्रतिवेदन तयार गर्ने थाहा पाएपछि कार्यालयका नासु राय आक्रोशित भएका हुन्।
उप जिल्ला शिक्षा अधिकारी मेहीलाल यादब ले न्याय को लागि जिल्ला प्रहरी कार्यालय मा सार्वजनिक अपराध को लागि निबेदन जाहिरी दिनु भएका छन । शिखर न्युज को सम्बाददाता ले धनुषा का प्रहरी उपरिक्षक लालमणी आचार्य सँग कुरा गर्दा अहिले साक्षी झिकाएका छौ । साक्षी को ब्यान पछी मात्र हामी मुद्दा दर्ता गर्छौ भन्ने प्रतिकृया दिनु भएको छ। उता उपजिल्ला शिक्षा अधिकारी मेहिलाल यादब ज्यु ले जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो ले अपराधी लाई जोगाउन हर सम्भब धाकधम्की र् लोभ दिएर साक्षी लाई प्रभाबित पार्दै छन भन्ने आरोप लगाएका छन । यो सबै बिषय मा धनुषा का प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई आफु घटना हुनु भन्दा पहिले नै बिदा मा बसेको ले आफु लाई यो बिषयमा केही जानकारी नरहेको प्रतिकृया दिनु भयो । उपसचिब जस्ता ब्यक्ती माथि आफ्नै सुब्बा बाट चप्पल प्रहार हुँदा सम्बन्धित मन्त्रालय मौन बस्नु पनि आश्चर्यजनक हो । उपजिल्ला शिक्षा अधिकारी मेहिलाल जिलामा ईमान्दार कर्मचारी को रुपमा चिनिन्छ ।
प्रतिक्रिया