वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ

सारांश

  • काठमाडौं – विडम्बना नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ ।
  • नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ ।
  • नेपाली व्यवसायहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् ।

काठमाडौं – विडम्बना नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ । नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ । नेपाली व्यवसायहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् ।

नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनी अरबै रुपैया बाहीरी नगरेको काठमाडौं चौपाय खरीद विक्री प्राली अध्यक्ष जनक कुमार खण्डकाले बताए । खण्डका अनुसार नेपाली व्यापारीहरुले भारतबाट आइतबार र विहीबार खसीबोका आयात गर्ने गरेको छन् । दसैं बाहेक हप्ताको दुई दिन मात्र २३ ट्रक आयात गर्ने गरेको उनले बताए ।

यस्तै एक ट्रकमा २ सय ५० खसीबोका हुने उनले बताए । भारतबाट नेपालमा २३ ट्रकका दरले नेपालमा वर्षमा २ लाख ९९ हजार खसीबोका आयात हुने गर्दछन् । भारतबाट नेपाली बजारमा आइपुग्दा एउटा खसीको ज्याला ३ सय रुपैँया पर्न जाने उनले बताए । उक्त खसीको हिसाब गर्दा वर्षमा ४ अर्व ९३ करोड ३५ लाख रुपैँयाको खसी बोका आयात हुने गरेको छ ।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?