सरकारले देशलाई थितिमा हिडाउन खोजेको छ : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् ।
- नेपाल कम्युनिष्ट पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारणसँगको भेटमा प्रधानमन्त्री ओलीले बताएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारणसँगको भेटमा प्रधानमन्त्री ओलीले बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने बताए । “संविधान, नियम, कानुन, विधि अनुसार सरकारले काम गर्छ” प्रधानमन्त्री ओलीले भने, “जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन ।”
सरकारका उद्देश्य अन्य सरकारका भन्दा फरक छन् । सरकारले देशलाई थितिमा हिडाउन चाहेको ओलीको भनाइ छ । जनताले सरकारलाई दिएको अभिभारा पूरा गर्नमा कुनै सन्देह नभएको प्रधानमन्त्रीले बताए ।
“सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्” प्रधानमन्त्री ओलीले भने “पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले यस्ता कुराको प्रतिवाद गर्नुपर्छ ।”
दुइचार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । “चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ” उनले भने, “निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति,निर्वाचन परिणाम आएको ३ महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरित ग¥यो ।”
पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीलाई विभिन्न संघ संस्थाहरुले मागपत्र बुझाएका छन् । एयर बंगालको विमान दुर्घटनामा मृत्यू भएका परिवारका आफन्त, पूर्व जनमुक्ति सेना, द्वन्द्व पिडित सुरक्षाकर्मीका परिवार, सामाजिक परिचालक संघ, मुस्कान सेना, जिफन्ट लगायतका संघसंस्थाले प्रधानमन्त्रीलाई माग पत्र बुझाएका छन् ।
पार्टी कार्यकर्ता र सर्वसारधणसँग भेटघाट गर्नका लागि प्रधानमन्त्री ओली महिनाको पहिलो दिन केन्द्रीय कार्यालय धुम्बाराही र १५ गते पार्टी केन्द्रीय कार्यलय पेरिस डाँडा जाने कार्यक्रम छ ।
प्रतिक्रिया