साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
सारांश
- काठमाडौं ।
- पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल बीच एकता भएको छ ।
- पार्टीको नाम ‘विवेकशील साझा’ पार्टी भएको छ ।
काठमाडौं । पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल बीच एकता भएको छ । पार्टीको नाम ‘विवेकशील साझा’ पार्टी भएको छ ।
पार्टीमा सामूहिक नेतृत्व अपनाउने भएको छ। पार्टी नेतृत्वका लागि ८ जनाको संयोजन समिति समेत बनेको छ। रवीन्द्र मिश्र र उज्ज्वल थापा सह–संयोजक बनेका छन्। पार्टी बैठकको अध्यक्षता भने रवीन्द्र मिश्रले गर्ने छन् ।
पार्टीको नेतृत्वका लागि बनेको संयोजन समितिमा गोविन्द नारायण, मुमाराम खनाल, सूर्यराज आचार्य, रमेश पौडेल अनुषा थापा, निरुपमा यादव रहेका छन् ।
बुधबार राजधानीको नयाँ बानेश्वरस्थित होटलमा दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टीका १७–१७ जना गरी अहिले ३४ जनाको केन्द्रीय कार्यसमिति बनाइएको छ। महाधिवेशन गरेर पार्टीको नेतृत्व चुन्ने घोषणा एकता सभामा गरेको छ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा उपत्यकामा दुवै दलले लोकप्रिय मत पाएका थिए । तर, दोस्रो चरणको निर्वाचनमा भने दुवै दल चर्चामा समेत आउन सकेनन् । काठमाडौँ र ललितपुर महानगरमा भने साझा र विवेकशीलका उम्मेद्वारले पपुलर मत पाएका थिए । पहिलो चरणको चुनावी परिणामसँगै वैकल्पिक शक्तिका रुपमा अएका दुवै दललाई एकीकृत हुन जनस्तरबाट सुझाव समेत थियो ।
प्रतिक्रिया