आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन्।
  • शुक्रबार आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
  • सरकारले विकासको मूल नारालाई अगाडि बढाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन्। शुक्रबार आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

सरकारले विकासको मूल नारालाई अगाडि बढाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ।’

चीनको राजकीय भ्रमणले चीनसँगको सम्बन्ध सुमधुर भएको दाबी गर्दै राष्ट्रपति भण्डारीले यो भ्रमणले चीनका समुन्द्री र सुख्खा बन्दरगाहा प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको उल्लेख गरिन्।

सरकारले अघि सारेको स्वास्थ्य बिमा अन्तर्गत १६ लाख नेपालीले बिमा गरिसकेको राष्ट्रपतिको भनाइ छ। पछिल्लो वर्ष प्रमुख खाद्यान्न बालीको उत्पादनमा १० प्रतिशत वृद्धि भएको उनको दाबी छ।

सरकारको पहल र योजना अनुसार नै भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालन हुने राष्ट्रपतिको भनाइ छ।

‘भूकम्पपछि बन्द तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालनमा आउने निश्चित भएको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘
सरकारी सेवालाई सूचना प्रविधिमा आवद्ध गर्नेगरी डिजिटल नेपाल फ्रेमवर्क तयार भएको छ।’ अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेणुलाई जित्न अपुग मत देलान् ?   भरतपुर–१९ का जनताले ??
रेणुलाई जित्न अपुग मत देलान् ? भरतपुर–१९ का जनताले ??
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
वामदेव गौतमको एमालेमा जाने तयारी
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
एसईई दिन अब १४ वर्ष पुग्नु पर्दैन
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै

तपाईंले छुटाउनुभयो कि?