सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड

सारांश

  • एसिड हमलाकी शिकार युवतीमाथि एकपटक पुनः एसिड फ्याँकिएको छ ।
  • पीडित महिलालाई लखनउस्थित होस्टलभित्र छिरेर एक अपरिचित व्यक्तिले उनीमाथि एसिड फ्याँकेका हुन् ।
  •   स्मरण रहोस्, उनी त्यहि युवती हुन् जसमाथि गत मार्चमा ट्रेनभित्र एसिड हमला भएको थियो ।

एसिड हमलाकी शिकार युवतीमाथि एकपटक पुनः एसिड फ्याँकिएको छ । पीडित महिलालाई लखनउस्थित होस्टलभित्र छिरेर एक अपरिचित व्यक्तिले उनीमाथि एसिड फ्याँकेका हुन् ।  स्मरण रहोस्, उनी त्यहि युवती हुन् जसमाथि गत मार्चमा ट्रेनभित्र एसिड हमला भएको थियो । उनलाई भेट्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अस्पताल पुगेका थिए ।

प्राप्त जानकारी अनुसार रायबरेलीका बस्ने यी युवती अलीगञ्जस्थित श्रमजीवी होस्टलमा बस्छिन् । उनी एक नीजि कम्पनीमा कार्यरत छिन् । शनिबार बेलुका उनी होस्टलको वासरुममा मुख धुन गएकी थिइन् र त्यति नै बेला कुनै अपरिचित व्यक्तिले उनीमाथि तेजाबले आक्रमण गरे ।

युवती चिच्याएको सुनेर होस्टेलका मानिसहरु त्यहाँ जम्मा भए । सुरक्षाकर्मीले तत्काल पुलिसलाई यसबारे जानकारी दिँदै युवतीलाई अस्पताल पुर्याइयो । होस्टेलका वार्डन नीरा सिंहले महिला सुरक्षाको मुद्दामा चिन्ता व्यक्त गरेका छन् । उनले यदि होस्टल भित्रै महिला सुरक्षित छैनन् भने महिलाले सुरक्षित महसुस गर्ने स्थान कहाँ छ भनी प्रश्न गरिन् ।

एसपी हरेन्द्र कुमारले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । पुलिसले वरिपरिका सिसिटिभी फुटेजको छानबिन गरिरहेको छ । चाँडै नै आरोपीलाई पक्राउ गरिने कुरामा पुलिस आशावादी छन् ।

स्मरण रहोस्, पीडिता सामूहिक बलात्कारको शिकार पनि भइसकेकी छिन् । पीडितालाई सामूहिक बलात्कारपछि एसिड हमला गरिएको थियो । पीडिताका अनुसार रेलभित्र दुई युवकले उनलाई बलजफ्ती एसिड पिलाए र गुडिरहेको रेलबाट हाम फाले ।

(https://flathatnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
तौल घटाएपछि नगर्नुस यस्ता गल्ती
तौल घटाएपछि नगर्नुस यस्ता गल्ती
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छः राष्ट्रपति
खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छः राष्ट्रपति
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
आइतवार देशभर कति थपिए कोरोना संक्रमित ?
ऊनी धागो कारखानामा भीषण आगलागी
ऊनी धागो कारखानामा भीषण आगलागी
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री

तपाईंले छुटाउनुभयो कि?