यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।
  • १७ जनवरी देखि ९ फेब्रुअरीसम्म चल्ने प्रतियोगितमा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

काठमाडौं । अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । १७ जनवरी देखि ९ फेब्रुअरीसम्म चल्ने प्रतियोगितमा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा भारत, न्यूजीलैंड, श्रीलंका र जापान छन् । यसैगरी समूह ‘बी’मा अ‘ास्ट्रेलिया, वेस्टइंडीज, इंग्लैंड र नाइजीरिया रहेका छन् । त्यस्तै समूह ‘सी’मा पाकिस्तान, बांग्लादेश, जिम्बाब्वे र स्टकल्याण्ड रहेका छन् ।

समूह ‘डी’मा घरेलु टोली दक्षिण अफ्रिका, अफगानिस्तान, युएई र क्यानडा रहेका छन् । नेपाल यु १९ को विश्वकप छनोटमा युएईसँग पराजित भएपछि विश्वकप खेल्ने सपना अधुरै रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान जनवरी १७ तारिखमा भिड्ने छन् ।

प्रतियोगिताका खेलहरु दक्षिण अफ्रिकाका ८ ठाउँमा हुने छन् । चार समूहमा शीर्ष २ टिमले सुपर लिगमा प्रतिस्पर्धा गर्ने र त्यसका आधारमा शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

बाँकी टिमले भने प्लेट च्याम्पियनसिप खेल्ने पनि जनाइएको छ । जापान र नाइजेरिया पहिलो पटक यो टुर्नामेन्ट खेल्दैछन् । गत संस्करणको उपाधि भारतले जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन
असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन
खगेन्द्र संग्रौलाले खुलासा गरे बामदेव र नारायणकाजीले हार्नुको रहस्य !
खगेन्द्र संग्रौलाले खुलासा गरे बामदेव र नारायणकाजीले हार्नुको रहस्य !
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा, संसदमा मुडभेड हुने खतरा
सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा, संसदमा मुडभेड हुने खतरा
आज पनि सुनको मूल्य घट्याे
आज पनि सुनको मूल्य घट्याे
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
आय आर्जनका लागि महिलाहरुलाई सिपमुलक तालिम
आय आर्जनका लागि महिलाहरुलाई सिपमुलक तालिम