सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
३० पटक हेरिएको
Shares
सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

सारांश

  • काठमाडौं, मंसिर १८ ।
  • स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले उकालो लागेको छ ।
  • बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले वृद्धि भई ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

काठमाडौं, मंसिर १८ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले वृद्धि भई ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६ सय रुपैयाँले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५ सय ५० रुपैयाँमा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार एक सय ५० रुपैयाँमा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । प्रतितोला एक हजार एक सय ८५ रपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा खरीदबिक्री भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?