सौरहामा ७ सय पर्यटक फसे, उद्दारमा कठिनाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
६२ पटक हेरिएको
Shares
सौरहामा ७ सय पर्यटक फसे, उद्दारमा कठिनाई

सारांश

  • चितवन ।
  •  लगातारको बर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् ।
  • सौरहा अहिले डुबानमा छ ।

चितवन । लगातारको बर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् । सौरहा अहिले डुबानमा छ । त्यहाँ पर्यटक घुमाउन राखिएका केही सवारी समेत राप्तीमा बगाएको छ ।

शनिबारदेखि परेको पानी रोकिएको छैन् । राप्तीमा आएको बाढी पसे पछि सौरहाका एक सय बढी होटल डुवानमा परेको हो । क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका स्वदेशी तथा बिदेशी गरि झण्डै ७ सय पर्यटक फसेको जनाए । ‘उनीहरुलाई तत्काल उद्दार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पानी रोकिएपछि हात्तीको मद्धतले उद्धार गरी सुरक्षित स्थानमा लैजान्छौ ।’ उनीहरु सबै होटलको माथिल्लो तल्लामा बसेका छन् । राप्तीको बाढीले सौराहाको नेचर हेरिटेज होटलको दुईवटा सवारी बगाएको छ । पानीको सहत बढ्दै गए पछि पर्यटकहरु उद्दारका लागि अनुरोध गर्न थालेका छन् ।

होटल सञ्चालक दामोदर रेग्मीले डुवान पछि पर्यटक बोक्ने दुईवटा जिप बगाएको बताए । शुक्रबार र शनिबार सौरहा घुम्न आउने आन्तरिक पर्यटक धेरै हुन्छन् । उनीहरु समेत डुवानमा फसेका छन् । होटल वाइड लाइफका सञ्चालक शंकर सैंजुले झण्डै ६ फिट भन्दा बढी पानी जमेकाले होटलका पर्यटक आत्तिएको बताए । उनको होटलमा अमेरिकन, चाइनिज, श्रीलंकन, भारतीय र नेपाली गरि ४० जना पर्यटक फसेका छन् ।

प्रहरी प्रमुख एसपी दिपक थापाले पर्यटकको उद्दारमा जुट्ने बताए । ‘कतिपय स्थानमा जानै नसक्ने अवस्था रहेकोले उद्धारमा कठिनाई भएको छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी, सशस्त्र र सेना लगायत स्थानियको सहयोगमा केही स्थानमा उद्धार जारी छ ।’

टोलीले भरतपुर १३ सितामाईबाट २ सय घरपरिवारलाई उद्दार गरि सुरक्षित स्थानमा सारेको छ । नजिकको घोल गाउँमा बाढी पसेर डुबान भए पछि उनीहरुलाई अन्यत्र सारिएको हो । अहिले माडीलगायत रत्ननगर, खैरहनी, सौराहा, मंगलपुर लगायतको क्षेत्र डुबानमा परेको जिल्ला प्रहरीले जनायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन् : पत्रकार महासंघ
समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन् : पत्रकार महासंघ
वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
ठूलो मात्रामा जमीनमुनि लुकाइएको लागुऔषध बरामद
ठूलो मात्रामा जमीनमुनि लुकाइएको लागुऔषध बरामद
केपी ओली कपः बागमती सेमिफाइनलमा
केपी ओली कपः बागमती सेमिफाइनलमा
भरतपुर महानगरपालिकाको मतगणना सुरु
भरतपुर महानगरपालिकाको मतगणना सुरु
यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको अवस्था (भिडियोसहित)
यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको अवस्था (भिडियोसहित)
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा