फागुन २ गते शुक्रबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
५७ पटक हेरिएको
Shares
फागुन २ गते शुक्रबारको राशिफल यस्तो छ

सारांश

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ ।
  • करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।
  • यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुस्ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बालाचतुर्दशी, पितृको स्मरणमा सतबीज छरिदै
आज बालाचतुर्दशी, पितृको स्मरणमा सतबीज छरिदै
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
ने.क.पा.विरुद्ध उजुरी दल दर्ता खारेज गर्न माग,के होला अब  ?
ने.क.पा.विरुद्ध उजुरी दल दर्ता खारेज गर्न माग,के होला अब ?
उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान
उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !
लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !
लिभरपुल अपराजित
लिभरपुल अपराजित
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले  !
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले !
डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’
डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’