चाबहिल र नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माणको तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
चाबहिल र नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माणको तयारी

सारांश

  • ९ मंसिर, काठमाडौं ।
  • काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ ।
  • हाल काठमाडौं उपत्यकामा १० वटा आकाशे पुल रहेको छ ।

९ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ ।

हाल काठमाडौं उपत्यकामा १० वटा आकाशे पुल रहेको छ । केही समयअघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो ।

तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै शुरु गर्ने बताउँदै चाबहिल र नयाँ बानेश्वर चोकमा नयाँ आकाशे पुल बनाउने तयारीकासाथ कामपाले प्राविधिकसहितको टोलीसमेत गठन गरिसकेको बताए ।

नागरिकको अत्याधिक चाप हुने र आवश्यकता पनि भएको यी स्थानमा पहिले पनि निर्माणको लागि प्रस्ताव भइसकेको थियो ।

‘नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्ने छ,’ प्रमुख शाक्यले भने, ‘एक वर्षअघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि रु पाँच करोड बजेट विनियोजन गरिसकेको थियो, अब जनप्रतिनिधिले उक्त कार्य पूरा गर्ने छन् ।’

मानिसको अत्यधिक चाप रहने स्थान नयाँबानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?