स्याङ्जामा स्वाइन फ्लूबाट १ को मृत्यु, सचेत रहन आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
स्याङ्जामा स्वाइन फ्लूबाट १ को मृत्यु, सचेत रहन आग्रह

सारांश

  • श्रावण १३, २०७४- स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।
  • उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो ।
  • ‘अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ’, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, ‘वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।

श्रावण १३, २०७४- स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो । ‘अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ’, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, ‘वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।’

अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूका कारण स्थानीयवासी त्रसित छन् । स्वाइन फ्लूको नमूना परीक्षणका लागि काठमाडौँबाट शुक्रबार एक टोली वालिङ आउँदैछ भने आवश्यक औषधि बिहीबार नै आइसकेको छ । ‘असार २६ गते बिहान ८ बजे मृतक अर्याल अत्यधिक टाउको दुख्यो भनेर यहाँ आउनुभएको थियो’, स्वास्थ्य केन्द्रका चिकित्सक प्रवीण घिमिरेले भने, ‘हाल वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एकसय जना बिरामीमा ६० देखि ७० जना टाउको दुख्ने र ज्वरोसम्बन्धी समस्या भएका आउने गरेका छन् ।’

स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर पोखरा, पोखराबाट ग्राण्डी अस्पताल काठमाडौँमा करिब एक हप्ता उपचार गरेपछि पुनः त्रिवि शिक्षण अस्पताल लगेको दुई दिनपछि मृत्यु भएको थियो । ‘वालिङ तथा आसपासका क्षेत्रबाट पोखरा तथा काठमाडौँमा सात–आठजना बिरामीलाई रिफर गरिसकिएको अवस्था छ’, अध्यक्ष खाँणले भने, ‘जो कोहीलाई पनि लामो समयसम्म रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ, घाँटीसम्बन्धी समस्या भएमा शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्रमा आउन पनि आग्रह गर्दछु ।’

स्वाइन फ्लू बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुरहरु नपाल्न पनि आग्रह गरिएको छ । स्वाइन फ्लूबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, मास्कको प्रयोग गर्ने, भीडभाडमा नजान तथा सङ्क्रमित वस्तुको सम्पर्कमा नरहन चिकित्सक घिमिरेले सुझाव दिए । पछिल्लो समयमा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते
पशुपति वृद्धाश्रमको बेहाल देखेपछि कड्किए सांसद
पशुपति वृद्धाश्रमको बेहाल देखेपछि कड्किए सांसद
ओली र प्रचण्डले सुवास नेम्वाङ र देव गुरुङलाई किन पठाए निर्वाचन आयोग ?
ओली र प्रचण्डले सुवास नेम्वाङ र देव गुरुङलाई किन पठाए निर्वाचन आयोग ?
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
काँग्रेसमा कम्पन, शेखर समुहले ७७ वटै जिल्लामा विद्रोही उम्मेदवार खडा गर्ने !
जापानी सम्राट्को गद्दी आरोहण समारोह आज
जापानी सम्राट्को गद्दी आरोहण समारोह आज
लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध
लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध
एमालेबाट यी दुवै राष्ट्रपतिका बलिया दाबेदार
एमालेबाट यी दुवै राष्ट्रपतिका बलिया दाबेदार
रसुवाको चार पालिकाको मतगणना सकियो, २ काँग्रेस र २ एमाले विजयी
रसुवाको चार पालिकाको मतगणना सकियो, २ काँग्रेस र २ एमाले विजयी

तपाईंले छुटाउनुभयो कि?