दलहरुद्वारा चुनावी चहलपहल तीव्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
दलहरुद्वारा चुनावी चहलपहल तीव्र

सारांश

  • खजुरा, बाँके, २२ कात्तिक : प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बाँके जिल्लामा चुनावी चहलपहल तीव्ररुपमा शुरु भएको छ ।
  • निर्वाचन कार्यालयमा बागी उम्मेदवारले उम्मेवारी फिर्ता लिएपछि र निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेसँगै चुनावी माहोल शुरु भएको हो ।
  • चुनावलाई लक्षित गरी जिल्लाका सबै राजनीतिक दलले चुनावी अभियानलाई अगाडि बढाउँदै भोट माग्न गाउँ केन्द्रित भएका छन् ।

खजुरा, बाँके, २२ कात्तिक : प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बाँके जिल्लामा चुनावी चहलपहल तीव्ररुपमा शुरु भएको छ ।

निर्वाचन कार्यालयमा बागी उम्मेदवारले उम्मेवारी फिर्ता लिएपछि र निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेसँगै चुनावी माहोल शुरु भएको हो ।
चुनावलाई लक्षित गरी जिल्लाका सबै राजनीतिक दलले चुनावी अभियानलाई अगाडि बढाउँदै भोट माग्न गाउँ केन्द्रित भएका छन् । मतदातालाई अहिले धान भित्र्याउने कामको चटारो भए पनि उम्मेदवार मत माग्नमा व्यस्त देखिन्छन् ।

जिल्लाका लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् ।

जिल्लामा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेशीकेन्द्रित दलबीच प्रतिष्पर्धा हुने आँकलन गरिएकाले उनीहरुले प्रचारप्रसारमा बढी जोड दिएका छन् ।

दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँकेमा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र तोकिएको छ भने जिल्लामा दुई लाख ७६ हजार ७१८ मतदाता रहेको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ: सिटौला
धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ: सिटौला
बिजयकुमार गच्छादार सांसदबाट निलम्वित
बिजयकुमार गच्छादार सांसदबाट निलम्वित
स्वास्थ्य राज्यमन्त्रीविरुद्ध कमिशनखोर रैथाने सिन्डिकेट !
पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना
पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना
पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते
पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’
भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना