पार्टीअब झन् सुदृढ हुन्छः दाहाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पार्टीअब झन् सुदृढ हुन्छः दाहाल

सारांश

  • काठमाडौँ, ३१ साउन ।
  •   नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल सामाजिक न्याय सहित आर्थिक समृद्धितिर अघि बढिरहेको बताएका छन् ।
  • बिहीबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको कामकारबाही जनता र राष्ट्रको पक्षमा पार्नु पर्ने बताए।

काठमाडौँ, ३१ साउन ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल सामाजिक न्याय सहित आर्थिक समृद्धितिर अघि बढिरहेको बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको कामकारबाही जनता र राष्ट्रको पक्षमा पार्नु पर्ने बताए।

उनले नेकपालाई टुक्र्याउने र कमजोर पार्ने सपना धेरैले देखेका र ुउनीहरुुले अनेका वितन्डहरुपनि कुनै न कुनै रुपले मच्याउने प्रयास गरेको आरोप लगाए । तर दाहालले ुउनीहरुु भनेर कसलाई भनिएको स्पष्ट भने पारेनन् । उनले युवाहरु नेकपा प्रवेश गरेर यसको गतिलो जवाफ दिएको बताए । उनले भने, ‘अब देश नेकपाले नै बनाउँछ भनेर पार्टी प्रवेश गरेर नेपाल, नेपाली र विश्वसामु नै उदाहरण प्रस्तुत गर्नुभएको छ ।’

उनले आफ्नो ठाउँमा विभिन्न खालका चुनौती आए ती चुनौतीलाई सामाना गर्दै पार्टीलाई एकतावद्ध गर्ने, सुदृढ गर्ने र सरकालाई मजबुत पार्ने बताए । यसैगरी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले युवाहरुको पार्टी प्रवेशले पार्टी अझै गतिशील भएको बताए । उनले भने, ‘पार्टी बलियो भएको छ अझै सशक्त भएको छ । युवाहरुमा जोश र जाँगर पलाएको छ ।’

उनले युवाहरुले नेकपालाई विश्वास गरेर पार्टी प्रवेश गरेकोउल्लेख गर्दै उनीहरुको यो विश्वासलाई तलमाथि हुन नदिने बताए । उनले भने, ‘उहाँहलाई केही गर्न सकिन्छ भन्ने विश्वास छ । पार्टीप्रति विश्वास छ । नेतृत्वले ठिकै ठाउँमा पुर्‍याउँछ भन्ने लागेको छ । हामी उक्त विश्वासलाई तलमाथि गर्न दिने छैनौं ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bikash Bikash

    Prachanda on Red Line last long

    Comment Author

    Gyanendra Thulung Rai

    पार्टी मात्रै सुदृढ भयेर भयेननी कमरेड जनता को मन भित्र बस्न पर्यो नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?