देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
  • अपरान्ह ३ बजे पार्टीको आन्तरिक बैठक डाकेका हुन् ।
  • बैठकमा उनले आफूले चाल्न लागेको भावी नीतिबारे ब्रिफिङ गर्नेछन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । अपरान्ह ३ बजे पार्टीको आन्तरिक बैठक डाकेका हुन् । बैठकमा उनले आफूले चाल्न लागेको भावी नीतिबारे ब्रिफिङ गर्नेछन् ।

पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई ब्रिफिङ गरी सुझाव लिएलगत्तै देउवाले जनता समाजवादी पार्टीको नेतृत्वसँग भेटवार्ता गर्दैछन् । उनले अपरान्ह ४ बजे जसपासँगको बैठक बोलाएका हुन् ।

देउवा प्रधानमन्त्रीको दौडमा रहँदा सत्तासमिकरणका लागि जसपासँग कुराकानी गर्न लागेको बुझिएको छ । पछिल्लो समय जसपा प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तानातानमा परेको छ ।

जसपाले सरकारमा जस्लाई समर्थन गर्छ उसैको सरकार बन्न सक्छ । जसपाभित्र ओली सरकारलाई–फाइल तस्बि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?