हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
१४ पटक हेरिएको
Shares
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?

सारांश

  • विगत केही दिनयता म भियतनाममो यात्रामा थिएँ, त्यहाँ केही त्यस्ता दृश्यहरू देखिए, जुन दक्षिण एसियाका लागि अनौठो लाग्दो रहेछ ।
  • त्यो हो, महिलाका लागि कुनै विशेष व्यवस्था नहुनु ।
  • भियतनामको सार्वजनिक यातायात अथवा हवाई अड्डामा महिलाका लागि छुट्टै लाइन देख्न पाइँदैन ।

विगत केही दिनयता म भियतनाममो यात्रामा थिएँ, त्यहाँ केही त्यस्ता दृश्यहरू देखिए, जुन दक्षिण एसियाका लागि अनौठो लाग्दो रहेछ ।

त्यो हो, महिलाका लागि कुनै विशेष व्यवस्था नहुनु । भियतनामको सार्वजनिक यातायात अथवा हवाई अड्डामा महिलाका लागि छुट्टै लाइन देख्न पाइँदैन । सार्वजनिकस्थलमा महिलाकै लागि भनेर कुनै विशेष व्यवस्था गरिएको पाइँदैन । मैले जब स्थानीय मानिससँग यसबारे सोधिखोजी गर्दा उनीहरू छक्क परे । एउटीले त भनिन्, ‘हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?’ भियतनामले महिला र पुरुषलाई बराबरी हैसितमा राखेको छ ।

भियतनाम घुम्ने हो भने सबैभन्दा पहिलो महिला र पुरुष बराबरी हुन् भन्ने मानसिक रूपमा सबैभन्दा पहिला तयार हुनुपर्छ । प्रत्येक स्थानमा महिला त्यत्तिकै सक्रिय देखिन्छन्, जति पुरुषहरू भेटिन्छन् । उनीहरू पसल सञ्चालन गर्छन्, फुटपाथमा स्ट्रिड फुड बेच्छन् । रेस्टुरेन्ट वा मासु पसलमा समेत पुरुषसरह महिलाहरू सक्रिय रूपमा काम गरिरहेको भेटिन्छ । औसतमा महिलाहरू भरपूर संख्यामा काम गरिरहेको भेटिन्छन् । त्यति मात्र होइन, खेल मैदानमा सहभागी महिलाको संख्या हेर्दा पनि त्यो कुरो स्पष्टै हुन्छ ।

स्कुलमा हेर्नुस्, छात्र बराबर छात्रा भेटिन्छन् । अझ राजनीतिमा महिलाको पूर्णरूपमा दबदबा रहेको देखिन्छ । भियतनामको प्रत्येक स्थानमा महिलाहरू आफूलाई सुरक्षित महसुस गर्छन् ।
राति अबेरसम्म महिलाहरू काम गर्छन्, त्यो कुनै मुद्दा बन्दैन । आफूमाथि आक्रमण होला भन्ने आशंका उनीहरूको मनस्थितिमा एकरत्तिभर रहँदैन । भियतनामीहरू स्वास्थ्य मन पराउँछन् । भियतनाम संसारको त्यस्तो देश हो, जहाँ अपराध एकदमै थोरै हुन्छ । बलात्कार, महिलाविरुद्ध हिंसा तथा महिलाविरुद्ध हुने कुनै पनि घटना त्यहाँ ठूलो समाचार बन्दैन । किनभने त्यहाँ अपराध एकदमै न्यून हुन्छ ।

भियतनाममा महिलाहरू विशेष गरी आफ्नो परिवारको सुखका लागि मेहनत गरिरहेका हुन्छन् । घरभित्र उनीहरू जति मेहनत गरिरहेका हुन्छन्, जति घरबाहिर परिश्रम गर्छन् । खानपिनमा पनि भियतनामीहरू सचेत छन् । विशेषतः उनीहरू फास्ट फुडलाई त्यति महत्व दिँदैन । स्वास्थ्य खाना खाने हुनाले उनीहरू स्वस्थ रहन्छन् । पुरुषको तुलनामा महिलाहरू अझ स्वस्थ रहेको पाइन्छ ।
भियतनामी महिलाहरू युद्धमा पनि त्यत्तिकै सक्रिय थिए, झन्डै २० वर्षसम्म चलेको अमेरिकाविरुद्धको युद्धमा महिलाहरूको सक्रिय सहभागिता त्यसको प्रमाण हो । भियतनाम युद्धका बेला महिलाहरूले अमेरिकी सेनाको डटेर मुकाबिला गरेका थिए । अमेरिकीहरूसँग २० वर्षसम्म युद्ध गर्दा लाखौं महिलाहरू आफ्नो ज्यान आहुति दिएका थिए ।

भियतनाम कम्युनिस्ट पार्टीले महिलाहरूलाई युद्धमा संलग्न गराउन विशेष किसिमले तालिम दिएको थियो । युद्ध समाप्त भएसँगै उनीहरूलाई सरकारी जागिरमा सिट सुरक्षित गरिएको थियो, राष्ट्रनिर्माणमा उनीहरूको योगदानलाई नजरअन्दाज नहोस् भनेर त्यस्तो व्यवस्था गरिएको थियो ।
भियतनामी समाजमा छोरा जन्माउन प्राथमिकता दिइन्छ । तर छोरी जन्मियो भन्दैमा विभेद गरिँदैन । देशमा महिलाको जनसंख्या ४९ प्रतिशत छ । तर आउँदो वर्ष महिलाको संख्या वृद्धि हुने भविष्यवाणी गरिएको छ । भियतनामा महिलाले समानताका लागि लामै समय संघर्ष गरेका थिए । भियतनाममा महिलामाथि पनि विभेद गरिन्थ्यो । बराबरको व्यवहार थिएन, उनीहरूले आफ्नो अधिकार प्राप्तिका लागि ठूलै संघर्ष गर्नुपरेको थियो । उनीहरूले सन् १९३० भियतनाम महिला संघ बनाएका थिए । जसले महिला हक अधिकारका लागि संघर्ष गरेको थियो ।

दक्षिण एसियामा जस्तै भियतनाममा पनि कूल जनसंख्याको आधा भाग युवा छन् । त्यहाँ पनि केटा र केटीको संख्या लगभग बराबरीजस्तो छ । म एउटा कल सेन्टरमा छिरेको थिएँ, त्यहाँ काम गर्ने ८० प्रतिशत महिलाको संख्या थियो । चिनियाँ शासनले गर्दा भियतनामी समाजको तस्बिर बद्लिएको थियो । भियतनामका वृद्धाहरूसँग यी कुरा गर्दा स्पष्ट हुन्छ, प्राचीन भियतनाममा मातृसत्तात्मक समाज थियो, जहाँ महिलाको बोलवाला चल्थ्यो । तर हजार वर्षसम्म चिनियाँ शासनले गर्दा देशमा पुरुषको वर्चश्व बढ्दै गएको थियो । ती वृद्धाहरू भन्छन्, अब माहोल फिर्ता होला जस्तो छ । अर्थात् महिलाको पक्षमा वातावरण बन्दै गएको छ । मैले पनि त्यस्तै महसुस गरें । भियतनामबाट दक्षिण एसियाका महिलाहरूले पनि सिक्न सक्छन् ?

जुबेर अहमदले तरूण खवरमा लेखेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?