बर्षमान पुनले भने–माओवादीको एजेण्डामा रजाइँ गरे

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बर्षमान पुनले भने–माओवादीको एजेण्डामा रजाइँ गरे

सारांश

  • प्यूठान ।
  • पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले सविधान संशोधन जनताको म्याण्डेट हुनु पर्ने बताएका छन् ।
  • सोमबार प्रेस सेन्टर प्यूठानले होटल आयुष्मामा गरेको कार्यक्रममा बोल्दै यो बर्ष स्थानीय, प्रदेश र केन्द्र सरकारको चुनावको बर्ष भएका बताएका हुन् ।

प्यूठान । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले सविधान संशोधन जनताको म्याण्डेट हुनु पर्ने बताएका छन् ।

सोमबार प्रेस सेन्टर प्यूठानले होटल आयुष्मामा गरेको कार्यक्रममा बोल्दै यो बर्ष स्थानीय, प्रदेश र केन्द्र सरकारको चुनावको बर्ष भएका बताएका हुन् । संविधान संशोधनको एउटा प्रक्रिया पुरा भएका कारण स्थानीय चरणको निर्वाचन, प्रदेश निर्वाचन , केन्द्रको निर्वाचन यसै बर्ष हुने र निर्वाचनमा संविधान संशोधन गर्न राजनितिक दलले जनताको म्याण्डेट ल्याएर आउनु पर्ने उनले औल्याए ।

‘स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन अघि संविधान संशोधन हुँदैन’ नेता पुनले भने ‘केन्द्र चुनावबाट आएका नयाँ सासंदले संविधान संशोधनका लागि जनताका म्याण्डेट लिएर आउनु पर्छ ।’ माओवादी आफ्नो सरकार परिवर्तन भन्दा आफ्नो निर्वाचन प्रणाली र शासकिय स्वरुपको प्रमुख एजेण्डा सहित चुनाव गराउन केन्द्रित भए पनि अन्य राजनीतिक दल सरकार परिवर्तनको हल्ला गरेर निर्वाचन भाड्ने खेलमा लागेको पुनको आरोप छ ।

प्रदेश सरकारले राजधानी तोक्ने अधिकार
नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेश इन्चार्ज समेत रहेका पुनले संबैधानिक ब्यबस्था अनुसार राजधानी तोक्ने काम संवेदनशील रहेको भन्दै २ तिहाई बहुमत सहित प्रदेश सरकारले तोक्ने बताए । ५ नम्बर पदेशको राजधानी वनाउन उपयुक्त रहेको दाङमा उच्च अदालत, प्रदेश प्रहरी कार्यालय राखेपनि प्रदेश ८७ जना रहेको प्रदेश सरकारको २ तिहाई महुमतबाट तोकिने प्रष्ट पारे ।

माओवादीको एजेण्डामा रजाई
देशमा संघियता, गणतन्त्र, धर्म निरपेक्षता सहित जनजाति, मुस्लीमहरुको अधिकारसंगै दवाइएका दलितको मुक्तीको निमित्त माओवादीले दश बर्षे जनयुद्ध गरेपनि जनतासम्म यी कुरा पु¥याउन नसक्दा अन्य दलहरुले माओवादीको एजेण्डामा रजाई गरेको समेत दावी गरे । माअोवादीको एजेण्डामा अन्य पार्टीहरूले रजाइँ गरेको बताए ।

संघ र प्रदेश निर्वाचन निर्णायक
पुनले आगामी स्थानीय निर्वाचनमा माओवादी तेश्रो भए पनि संघ र प्रदेशको निर्बाचनमा राष्ट्रिय राजनितिक शक्तिको निर्णायक दल हुने बताए । ‘५ नम्बर प्रदेशमा पहिलो शक्ति बनेर प्रदेश सरकारको नेतृत्व गर्ने छौँ ’ पुनले भने ‘राष्ट्रिय राजनितिको निर्णायक शक्ति माओवादी बन्नेछ ।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Binod Kumar Kohli

    kuro ekdam sai ho!

    Comment Author

    Lila Paudyal

    Duniya kahapugo Ta Agenda samatera bas!

    Comment Author

    Dinesh Dangi

    Jangali

    Comment Author

    Gangadhar Dhungana

    नेपालमा जाति जातिमा बिभाजन ल्याएर सिक्किम बनाउने योजना पनि तिमीहरू हत्यारा कै हो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?