स्व नकर्मीको कृतिको नेपाली संस्करण सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, २७ फागुन,नेपाल भाषाका वरिष्ठ कलाकार एवम् साहित्यकार स्व रामशेखर नकर्मी (शेखर दाइ)को नेपाल भाषाको कथा संग्रह ‘सिमात फःफःस्व’ को नेपाली संस्करण ‘बिच्किएका रूखहरु’ शनिबार सार्वजनिक भएको छ ।
  • आठ जना लेखक, साहित्यकार र पत्रकारको टोलीले नेपालीमा अनुवाद गरेको ‘बिच्किएका रूखहरु’ कथा संग्रहलाई नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले विमोचन गर्नुभयो ।
  • सो अवसरमा कथा संग्रह ‘सिमात फःफःस्व’ को दोस्रो संस्करण पनि सार्वजनिक गरिएको थियो ।

भक्तपुर, २७ फागुन,नेपाल भाषाका वरिष्ठ कलाकार एवम् साहित्यकार स्व रामशेखर नकर्मी (शेखर दाइ)को नेपाल भाषाको कथा संग्रह ‘सिमात फःफःस्व’ को नेपाली संस्करण ‘बिच्किएका रूखहरु’ शनिबार सार्वजनिक भएको छ । आठ जना लेखक, साहित्यकार र पत्रकारको टोलीले नेपालीमा अनुवाद गरेको ‘बिच्किएका रूखहरु’ कथा संग्रहलाई नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले विमोचन गर्नुभयो ।

सो अवसरमा कथा संग्रह ‘सिमात फःफःस्व’ को दोस्रो संस्करण पनि सार्वजनिक गरिएको थियो । पल्पसा साहित्य ख्यःले प्रथम पटक प्रकाशित गरेको सो कथा संग्रहलाई महाजु फाउण्डेशन र नेवाः जनजागरणको आर्थिक सहयोगमा रामशेखर सहयोग समितिले नेपाल भाषामा दोस्रो संस्करणसमेत प्रकाशन गरेको हो ।

कथा संग्रह ‘सिमात फःफःस्व’का कथालाई रामशेखर सहयोग समिति भक्तपुरको सक्रियतामा त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, ध्रुव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब बनेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापतिले नेपालीमा अनुवाद गर्नु भएको हो ।

सो अवसरमा स्व नकर्मीका आत्मिय मित्र आशा थकुले उहाँको साहित्यिक एवं हास्य कलाकारिताका बारेमा प्रकाश पार्नुभएको थियो । कथा अनुवादक गोविन्दमान श्रेष्ठ र ओमचरण अमात्यले स्व नकर्मीलाई जीवन्तता दिनका लागि संस्थागत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालभाषा आन्दोलनका नेता मल्ल के सुन्दरले स्व नकर्मीको व्यक्तित्व व्यक्ति मात्र नभई संस्थाका रुपमा लिनुपर्ने बताउँदैं शेखर दाइको तीखो लेखन शैलीले तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाको विरुद्धमा सशक्त प्रतिनिधित्व दिएको र नेपालभाषा आन्दोलनमा ठूलो योगदान गरेको स्मरण गर्नुभयो । उहाँले नकर्मीको रचनाहरु नाटक, हास्यव्यग्य, कथा, निबन्ध, उपन्यासहरु उत्कृष्ट भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै
चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै
पत्रकार महासंघको निर्वाचनलाई मार्गप्रशस्त गर्दै बाहिरियो प्रगतिशील
पत्रकार महासंघको निर्वाचनलाई मार्गप्रशस्त गर्दै बाहिरियो प्रगतिशील
आजको राशिफल : के लेखेको छ तपाईंको भाग्यमा ?
आजको राशिफल : के लेखेको छ तपाईंको भाग्यमा ?
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
दार्जिलिङलाई नेपालको नुन–तेल
दार्जिलिङलाई नेपालको नुन–तेल
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
बाबुको काजकिरिया गर्दै छोरी
बाबुको काजकिरिया गर्दै छोरी
सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने
सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?

तपाईंले छुटाउनुभयो कि?