सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७८
|
|
१७ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने

सारांश

  • सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।
  • स्थानीय तहको चुनावकाे मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको हो ।
  • प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको छलफलपछि आज गठबन्धनको बैठक बोलाइएको हो।

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको चुनावकाे मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको छलफलपछि आज गठबन्धनको बैठक बोलाइएको हो। तर बैठकको समय अहिलेसम्म टुङ्गो नलागेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् । तर आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले ठोस निचोड निकाल्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा कानुनविद्ले तोकिएको मिति वैशाखमै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?