५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
सारांश
- काठमाडौं ।
- असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
- प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ४४ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ४४ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म १ सय ५ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ९४ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले ३२ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि खाता खोलेको छ । उसले एउटा गाउँपालिकामा जीत हात पारेको हो ।
राष्ट्रिय जनमोर्चाले दुई, संघीय समाजवादी फोरमले ६ र नेपाल लोकतान्त्रिक फोरमले एक नगरपालिकासहित तीन स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै एक जना स्वतन्त्रका उमेदवारले पनि जीत हात पारेका छन् ।
प्रतिक्रिया