अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए

सारांश

  • काठमाडौं, २० कार्तिक।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी लगायतसँग बयान लिएको छ ।
  • अख्तियारले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदका लागि मध्यस्थकर्ता नियुक्त गर्दा तीन करोड रुपैयाँ भ्रष्टाचार भएको आशंकामा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, बहालवाला सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको हो भने पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित परेको उजुरीमा छानबिनका लागि पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, बहालवाला सचिव गजेन्द्र ठाकुर र दुई डीएसपीलाई झिकाएको हो ।

काठमाडौं, २० कार्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी लगायतसँग बयान लिएको छ ।

अख्तियारले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदका लागि मध्यस्थकर्ता नियुक्त गर्दा तीन करोड रुपैयाँ भ्रष्टाचार भएको आशंकामा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, बहालवाला सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको हो भने पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित परेको उजुरीमा छानबिनका लागि पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, बहालवाला सचिव गजेन्द्र ठाकुर र दुई डीएसपीलाई झिकाएको हो ।

चीन र थाइल्यान्डबाट विद्युत् ट्रान्सफर्मर खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकसहितका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि गैरकानुनी रूपले मध्यस्थकर्ता नियुक्त गरी तीन करोड रुपैयाँ हानि-नोक्सानी भएको भन्दै परेको उजुरीमा क्षेत्री, कार्की र पण्डितसँग बयान लिएको हो ।

चीनको हुवेई सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सफर्मर खरिदमा अनियमितता भएको किटानीसहित अख्तियारले ०७० साल भदौमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा विशेष अदालतबाट प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित दर्जन प्रतिवादीले भ्रष्टाचार गरेको ठहरसमेत भएको छ । अदालतमा मुद्दा दायरपछि मध्यस्थकर्ता नियुक्ति गरेका कारण सरकारलाई झन्डै तीन करोड नोक्सान भएको दाबीसहित उजुरी परेको हो ।

प्राधिकरणका जिम्मेवार पदाधिकारीविरुद्ध मुद्दा दर्ता भइसकेपछि पनि बद्नियतपूर्वक मध्यस्थकर्ता नियुक्त गरेका कारण झन्डै तीन करोड रुपैयाँ नोक्सान भएको दाबी उजुरीकर्ताको छ । ‘आर्बिटेटरका विषयमा परेको उजुरी गम्भीर प्रकृतिको देखिएका कारण बयानमा डाकिएको हो । बिहान ११ बजे नै उहाँहरू अख्तियारमा हाजिर हुनुभएको थियो,’ अख्तियार उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘फेरि अर्कोपल्ट आवश्यक परेका बेला बयानमा उपस्थित हुने गरी उहाँहरूलाई फिर्ता पठाइएको छ ।’

प्रारम्भिक अनुसन्धानबाट अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न आर्बिटेटर नियुक्त गरिएको निष्कर्षमा अख्तियार पुगेको छ । आर्बिट्रेसनबाट कुनै उपलब्धि नभएको देखिएपछि सम्बद्ध अधिकारीलाई बयानमा डाकिएको हो । बयान लिइएका कार्की हाल नेपाल ट्रस्टको कार्यालयका प्रमुख हुन् । स्रोतका अनुसार सोही प्रकरणमा प्राधिकरणका तत्कालीन बोर्ड सदस्यहरू सन्तोषनारायण श्रेष्ठ, लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मि श्र, ज्ञानचन्द्र पाण्डे र विवेक तातेडलाई पनि बयानमा डाक्ने तयारी भइरहेको छ ।

प्राधिकरणले चाइनास्थित कम्पनीबाट दुई हजार सेट र थाइल्यान्डस्थित कम्पनीबाट १३ सय सेट ट्रान्सफर्मर खरिदको निर्णय लिएको थियो । तामाको तार भन्दै खरिद गरिएका ट्रान्सफर्मरमा आल्मुनियम भेटिएपछि त्यतिबेला अख्तियारले छानबिन गरेको थियो । ट्रान्सफर्मर एकपछि अर्को पक्रेर काम नलाग्ने भएपछि अख्तियार कारबाहीमा उत्रेको हो ।

अख्तियारले अकुत सम्पत्ति आर्जनमा प्रहरी प्रमुख अर्याल र शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव गजेन्द्र ठाकुरमाथि छानबिन थालेको छ । उनीहरूसँगै काठमाडौं महानगरअन्तर्गतका प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयान लिइएको छ । अर्यालले पदमा रहँदा करिब पाँच करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी थियो ।

अख्तियारले यसअघि अर्याल र सचिव ठाकुरसँग १३ पन्ने सम्पत्ति विवरण भराएको थियो । ‘अकुत सम्पत्तिमा केही तथ्य भेटिएको छ । त्यसैले बयानमा बोलाउनुपरेको हो,’ स्रोतले भन्यो, ‘मुद्दा चल्ने वा नचल्ने विषयमा अनुसन्धानपछि नै निष्कर्षमा पुग्न सकिएला । अकुतमा अख्तियारको निगरानीमा अहिले दुई सय जना छन् । यी चार जना त्यही अन्तर्गतका हुन् ।’ अर्यालले फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
गरीबी निवारण कार्यक्रममा राजनीतिक चासो र चलखेल
गरीबी निवारण कार्यक्रममा राजनीतिक चासो र चलखेल
अस्थायी आवासका लागि थप चौबिस करोड रुपैयाँ निकासा
अस्थायी आवासका लागि थप चौबिस करोड रुपैयाँ निकासा
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट
कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट

तपाईंले छुटाउनुभयो कि?