यो सरकार दलाल राष्ट्रघातीको हो ?’: गृहमन्त्री रामबहादुर थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २० असार ।
  • गृहमन्त्री रामबहादुर थापा बादलले अनशनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् ।
  • बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा.

काठमाडाै, २० असार । गृहमन्त्री रामबहादुर थापा बादलले अनशनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् ।

बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनशन बस्न नपाइने बताए । उनले भने, ‘विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गरिएको छैन । अनसन बस्न पाइन्छ ।’

उनले डा. गोविन्द केसीले अस्पतालमा अनसन बस्नुलाई लोकतन्त्र भन्न नमिल्ने बताए । ‘अति संवेदनशील बस्तुमा अस्पताल चोक संवेदनशील ठाउँमा विरोध गर्दा अस्तव्यस्त हुन्छ । अन्त बस्न सक्नुहुन्न ? त्यसैले त्यो गर्नु पनि हामी लोकतन्त्र भन्दैनौं’ गृहमन्त्री थापाले भने ।

यदि सरकार प्रतिगामी भयो भने विद्रोह गर्नुपर्ने भन्दै नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले प्रश्न गरे, ‘अहिले विद्रोह गर्ने समय हो ? यो सरकार दलाल राष्ट्रघातीको हो ?’

उनले अहिले भइरहेको आन्दोलन विद्रोह नभई प्रतिविद्रोह भन्दै यो लोकतन्त्र विरोधी भएको जिकिर गरे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Limbu Man

    हो नि त!

    Comment Author

    Hsejar Francu Gnamat

    Sahi ho sahi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

12 Foods That Will Help You Survive Cold and Flu Season !
12 Foods That Will Help You Survive Cold and Flu Season !
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते
इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
डोजरले महिलालाई हुत्याउने चालक जेल चलान
डोजरले महिलालाई हुत्याउने चालक जेल चलान

तपाईंले छुटाउनुभयो कि?