अक्षय कुमारलाई कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
अक्षय कुमारलाई कोरोना संक्रमण

सारांश

  • काठमाडौं।
  • बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ।
  • अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ। अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ। उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो।

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका ​​क्रममा कोरोना संक्रमित भएका थिए। यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए। त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए।

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?