अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
३७ पटक हेरिएको
Shares
अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

सारांश

  • भक्तपुर।
  • भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु¥याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ।
  • भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ।

भक्तपुर। भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु¥याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ। यो अवधिमा जम्मा ३१ प्रतिशतमात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरले जनाएको छ।

भक्तपुर जिल्लामा कूल २९ हजार २१२ को नाम भूकम्पपीडितको लाभग्राही सूचीमा परे पनि असार २१ गतेसम्म अनुदान सम्झौता गर्न नआउने र २०७६ असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता पनि नलिने भक्तपुरका चार हजार २४७ भूकम्पपीडितको नाम प्राधिकरणले लाभग्राही सूचीबाट हटाइएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भोजराज भट्टले जानकारी दिए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरका अनुसार २८ हजार ४९८ लाभग्राही सूचीमा रहेकोमा २४ हजार ५५४ ले अनुदान सम्झौता गरेका छन्। त्यसमध्ये जिल्लाका चारवटा नगरपालिकामा प्रथम किस्ता लैजाने २४ हजार ५४१ रहेका छन्। यो अनुपातलाई हेर्दा जिल्लामा ८५ प्रतिशत लाभग्राहीले प्रथम किस्ता लगेका छन्।

अनुदान सम्झौता गरेकामध्येबाट नौ हजार ५६६ ले दोस्रो किस्ता र नौ हजार १२६ लाभग्राहीले मात्रै तेस्रो किस्ता लिएका छन्। यो अनुपातका आधारमा अनुदान सम्झौता गरेर दोस्रो किस्ता लैजाने ३३ प्रतिशत र तेस्रो किस्ता लैजाने ३१ प्रतिशत मात्रै रहेका छन्। निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने १५ हजार ४१५ रहेका छन्।

जिल्लाका चारवटा नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकामा भने ६९ प्रतिशतले निजी आवास निर्माण गरेका छन्। यस नगरपालिकामा सात हजार ९९९ ले अनुदान सम्झौता गरेको छ। तीमध्ये छ हजार ९९८ ले प्रथम किस्ता, तीन हजार ६७ ले दोस्रो किस्ता र दुई हजार ९०९ ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन्।

भूकम्पमा सबभन्दा धेरै क्षति पुगेको निजी आवासको सङ्ख्या रहेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास पुनःनिर्माण ३४ प्रतिशत मात्रै सम्पन्न भएको छ। यो नगरपालिकामा नौ हजार ८३५ ले अनुदान सम्झौता गरेको छ । तीमध्ये नौ हजार ८३५ ले प्रथम किस्ता, तीन हजार ९८७ ले दोस्रो किस्ता र तीन हजार ७८० ले तेस्रो किस्ता लिएका छन्।

त्यस्तै सबभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ३१ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन्। यो नगरपालिकामा दुई हजार ८० जनाले अनुदान सम्झौता गरी प्रथम किस्ता लगेकोमा ७३८ ले दोस्रो र ७२१  ले तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भट्टले जानकारी दिए।

भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ प्रतिशत मात्रै प्रगति भएको छ। यो नगरपालिकामा पाँच हजार ६४० भूकम्पपीडितसँग अनुदान सम्झौता भएकोमा पाँच हजार ६३७ ले प्रथम किस्ता, एक हजार ८७४ ले दोश्रो किस्ता र एक  हजार ७१६ ले तेस्रो किस्ता रकम लगेका छन्।

सूचना अधिकृत भट्टले २०७६ माघ मसान्तसम्म पहिलो किस्ता, २०७७ वैशाख मसान्तसम्म दोस्रो किस्ता र २०७७ असार मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने नियम भएकाले ती अवधिमा सम्पन्न नगर्नेको हकमा रकम फिर्ता गर्ने नीति बनेको बताए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरका प्रमुख ध्रुव गैँडाले धेरैको जग्गासम्बन्धी मुद्दा मामिला, जग्गाको स्वामित्व विवाद, पारिवारिक किचलो भएको, पुराना बस्तीमा जग्गाको क्षेत्रफल सानो र संयुक्त रहेको, नगरपालिकाको मापदण्डअनुसार नरहेको भन्दै नक्सा पास नगर्दा समस्या आएको पाईएको बताए।

स्थानीय तहको नक्साङ्कन मापदण्ड पूरा नुहँदा, पहिला नै घर निर्माण भइसकेका, भग्नावेशष अझै हटाउन नसकेका, आर्थिक अवस्था निकै कमजोर भएका र सरकारले जग्गा कित्ताकाट रोक्दा जग्गा बिक्री गर्न नसकेर घर बनाउन नसक्ने धेरै रहेको पाइएको बताउँदै उनले केही लाभग्राहीको मात्रै अर्को स्थानमा बसोबास योग्य घर भएकाले अनुदान सम्झौता गर्न नआएको बताए।

भक्तपु्र नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घर बनाउने नसक्ने भूकम्पपीडितका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने र घर बनाउन पुग्ने रकमको व्यवस्था गर्नुपर्ने बताए। भक्तपुर नगरपालिकाभित्र अझै पनि भग्नावशेष नहट्दा र घर बनाउन नसक्नेले मर्मत गरेर भूकम्पले क्षति पुर्याएकै घरमा बस्दै आएकाले जोखिम बढेको छ।

लाभग्राहीको सूचीमा परेर पहिलो किस्ता लिई पुनःनिर्माण नगर्नेलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन लिएको रकम फिर्ता गर्न अनुरोध गर्दै आएको छ। जिल्लामा सात जना लाभग्राहीले अनुदानको रकम फिर्ता गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
बट्टाईपालनमा युवा आकर्षित
बट्टाईपालनमा युवा आकर्षित
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार
प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार
बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार
अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला
अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला
विद्युतीय गाडी एमजी जेडएसको आकर्षण, असारसम्मकै लागि ‘सोल्ड आउट’
विद्युतीय गाडी एमजी जेडएसको आकर्षण, असारसम्मकै लागि ‘सोल्ड आउट’