लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२० पटक हेरिएको
Shares
लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

सारांश

  • एजेन्सी।
  •  बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौँ यात्रु ड्रोनका कारण विमानस्थल बन्द गरिएपछि विमानस्थलमै अलपत्र परेका थिए ।
  • ग्याटविक विमानस्थल तीन दिनसम्म बन्द भएका कारण झन्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए ।

एजेन्सी। बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौँ यात्रु ड्रोनका कारण विमानस्थल बन्द गरिएपछि विमानस्थलमै अलपत्र परेका थिए ।

ग्याटविक विमानस्थल तीन दिनसम्म बन्द भएका कारण झन्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए । बुधवार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक विमानस्थलको आकाशमा ड्रोनहरु देखा परेका थिए । प्रहरीले उक्त घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तीव्र बनाएको थियो ।

प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिए । आगामी दिनमा पनि थप ड्रोन आक्रमणका घटना हुनसक्ने भन्दै प्रहरीले सूचना प्राप्त गर्न सबै विकल्पहरू खुला राखेको उनले बताए ।

ग्याटविक विमानस्थलका प्रवक्ताले शुक्रवार बिहानका लागि निर्धारित ४१२ वटा विमान आगमनमध्ये ९१ वटा रद्द गरिएको तथा ३७१ मध्ये ६४ वटा प्रस्थान उडान रद्द गरिएको जानकारी दिए ।

बिहीबार ड्रोनका खतरा रोक्न सेनाको समेत सहयोग लिइएको थियो । रक्षा मन्त्रालयले ड्रोन पत्ता लगाउने विशिष्ट उपकरण सहितको सैनिक टोली परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?