अदालतप्रति ठडिएको औंला हेरेर काम गर्न प्रधानन्यायाधीश राणाको निर्देशन
सारांश
- काठमाडौं ।
- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले अदालतप्रति ठडिएको औँलालाई सम्बोधन गर्नेगरी काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका छन् ।
- न्यायापालिकाप्रति जनआस्था बढाउन सही तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका हुन् ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले अदालतप्रति ठडिएको औँलालाई सम्बोधन गर्नेगरी काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका छन् । न्यायापालिकाप्रति जनआस्था बढाउन सही तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका हुन् ।
सर्वोच्च अदालतमा आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था बढाउने तरिकाले काम गर्न निर्देशन दिए ।
“स्वतन्त्र र सक्षम न्यायापालिकाको अवधारणालाई सही मार्गमा लैजानुपर्छ, अदालतप्रति ठडिएको औँलालाई सम्बोधन गर्न अधिकारभन्दा कर्तव्यलाई मुख्य न्यायाधीशले ध्यान दिनुपर्छ” उनल भने, “जनताको न्यायापालिकाप्रतिको गुनासो र आमजनतामा न्यायापालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा छिनेर मात्रै हुँदैन ।”
अदालतलाई सुदृढ बनाउने सवालमा कुनै कमीकमजोरी नगर्न निर्देशन दिए । प्रधानन्यायाधीश राणाले कार्यसम्पादनका क्रममा कमीकमजोरी देखिए न्याय परिषद् र आफूले पनि सुक्ष्म अनुसन्धान गर्ने चेतावनीसमेत दिए ।
कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय नपाएर छटपटिएका मान्छे अदालत पुगेपछि न्याय पाइने विश्वास दिलाउनु जरुरी रहेको बताए । न्यायालयलाई सुदृढ बनाउन सरकारबाट पूर्ण सहयोग हुने उल्लेख गर्दै उहाँले न्यायापालिकाको गरिमालाई असर पुग्ने गरी सरकारबाट हस्तक्षेत्र नगरिने स्पष्ट पारे ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीले न्यायापालिकाप्रति अहिले देखिएको नकारात्मक धारणालाई चिर्न सबैले एकजुट भएर काम गर्न आग्रह गरे ।
प्रतिक्रिया