३ दिने भ्रमण पूरा गरी मुखर्जी भारत फिर्ता…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १९, २०७३
|
|
१५२ पटक हेरिएको
Shares
३ दिने भ्रमण पूरा गरी मुखर्जी भारत फिर्ता…

सारांश

  • भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको ३ दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् ।
  •  उनी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५:३५ बजे स्वदेश फर्केका हुन् ।
  • राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको ३ दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । उनी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५:३५ बजे स्वदेश फर्केका हुन् ।

राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् । मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित थिए ।

मुखर्जी १७  कात्तिकमा नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नुका साथै उनलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।

भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सरिक भएका राष्ट्रपति मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा गरेका थिए भने स्वदेश प्रस्थान गर्नुअघि आजै उनले पोखरा भ्रमण गरी त्यहाँ आयोजित भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिन बर्ष लगाएर ओके भनेको शोलेको एउटा ‘शिन’
तिन बर्ष लगाएर ओके भनेको शोलेको एउटा ‘शिन’
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
पत्नीपीडित पुरुषले दिए प्रहरीमा उजुरी
पत्नीपीडित पुरुषले दिए प्रहरीमा उजुरी
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
नेता सिटौलाको मनोनयन दर्ता
नेता सिटौलाको मनोनयन दर्ता
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड
क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड