धर्म,सस्कृती जोगाउन जनता जाग्नुपर्छ : कमल थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
५० पटक हेरिएको
Shares
धर्म,सस्कृती जोगाउन जनता जाग्नुपर्छ : कमल थापा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म सस्कृतीको रक्षाको  निमित्त जनता आफै जुर्मुराउनु पर्नेमा जोड दिएका छन् ।
  • धर्म , सस्कृती र पहिचान जोगाउने भावना जागृत गराउन धार्मिक गतिविधि आबश्यक भएको चर्चा गर्दै थापाले आसुरी प्रवृत्तिको अन्त्यको लागि जनतामा सचेतना आबश्यक भएको बिचार ब्यक्त गरे ।
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म सस्कृतीको रक्षाको  निमित्त जनता आफै जुर्मुराउनु पर्नेमा जोड दिएका छन् । धर्म , सस्कृती र पहिचान जोगाउने भावना जागृत गराउन धार्मिक गतिविधि आबश्यक भएको चर्चा गर्दै थापाले आसुरी प्रवृत्तिको अन्त्यको लागि जनतामा सचेतना आबश्यक भएको बिचार ब्यक्त गरे ।
कमलपोखरी स्पोर्ट्स क्लबद्वारा आयोजित श्रीमद्भागवत महायज्ञको आज उद्घाटन गर्दै थापाले सनातन धर्म र सस्कृतिको महत्त्व बढाउनु आबश्यक भएकोमा जोड दिए । दुष्ट प्रवृत्तिको अन्त्य र दैबी प्रवृत्ति र शान्तिको निमित्त धार्मिक ग्रन्थहरुको अमुल्य योगदान हुने बताउदै थापाले सबै जाती जनजातिहरुहरुको बिचमा सद्भाव र आत्मियता आबश्यक भएको बताए । बेद र शास्त्रहरुको ज्ञानले अमुल्य सुख र शान्ति मिल्ने उनको तर्क थियो ।  सो अबसरमा राप्रपा वरिष्ठ नेता दिपक बोहराको पनि उपस्थिति थियो । महायज्ञ सात दिन सम्म संचालन हुने आयोजक सस्थाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?