दिलीप हत्यामा पक्राउ परेकालाई म्याद थप

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
दिलीप हत्यामा पक्राउ परेकालाई म्याद थप

सारांश

  • काठमाडौँ, २८ पुस ।
  • दिलीप महतोको हत्या आरोपमा पक्राउ गरिएका चार जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ ।
  • धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा स्थानीय २४ वर्षीय महतोको गत शुक्रबार बिहान हत्या भएको थियो ।

काठमाडौँ, २८ पुस । दिलीप महतोको हत्या आरोपमा पक्राउ गरिएका चार जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ । धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा स्थानीय २४ वर्षीय महतोको गत शुक्रबार बिहान हत्या भएको थियो ।

हत्या आरोपमा पक्राउ पर्नेमा क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादव छन् । हत्याका मुख्य योजनाकार भनिएका विपिन महतोको औरही खोलामा चुरियामाई बालुवा प्रशोधन छ । उद्योग सञ्चालनका लागि मिथिला नगरपालिका–५ का वडाध्यक्ष श्यामबाबु यादवले २०७५ कात्तिक १४ मा स्थलगत मुचुल्काका आधारमा अनुमति दिन घरेलु तथा साना उद्योग कार्यालय धनुषालाई सिफारिस गरेको पाइएको छ ।

वडाध्यक्ष यादव उत्खनन रोक्ने क्रममा ज्यान गुमाएका दिलीप महतोका साथी हुन् । शुक्रबार बिहान खोलामा उत्खनन भइरहेको पहिलो खबर दिलीपले यादवलाई नै गरेका थिए । टिपरले किचेर दिलीपको हत्या भएपछि वडाध्यक्ष यादव नै खोलामा पहिला पुगेका थिए । उत्खनन रोक्न खोलामा जान दिलीपले वडाध्यक्ष यादवलाई शुक्रबार बिहान चोकमा भेट्न बोलाएका थिए । तर, घर अगाडि बेवारिसे मोटरसाइकल रहेको फोन आएपछि यादव घर फर्किए, दिलीप खोलातिर लागेका थिए । ‘खोलामा पुगेपछि दिलीपले यादवलाई फेरि फोन गरेको रहेछ,’ इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले भने, ‘तर, उनी पुग्नुअघि नै दिलीपको हत्या भइसकेको थियो ।’ घटनामा वडाध्यक्षको भूमिका शंकास्पद नदेखिएको उनले बताए ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका  सम्पादकीय
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका सम्पादकीय
चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्
चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
मेघ गर्जन र हावाहुरी सहित देशका धेरै स्थानमा पानी पर्ने सम्भावना
मेघ गर्जन र हावाहुरी सहित देशका धेरै स्थानमा पानी पर्ने सम्भावना
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?