माक्र्सवाद र स्वमुक्ति
सारांश
- खगेन्द्र प्रसाई कस्तो प्रकारको संगठनले कार्ल मार्क्सले कल्पना गरेको स्व मुक्तितर्फ लान्छ ?
- आम बुझाइ के हो भने संगठन भनेको साधन हो ।
- यति संगठनलाई साधन मान्ने हो भने मानिस पनि साधन हुन्छ ।
खगेन्द्र प्रसाई
कस्तो प्रकारको संगठनले कार्ल मार्क्सले कल्पना गरेको स्व मुक्तितर्फ लान्छ ? आम बुझाइ के हो भने संगठन भनेको साधन हो । यति संगठनलाई साधन मान्ने हो भने मानिस पनि साधन हुन्छ । मार्क्सवादले मनुष्य जीवन स्वयममा एउटा साध्य हो र यसलाई साधनको रुपमा हेरिनु हुन्न भन्छ । अन्य भन्दा फरक हो तर मार्क्स अघिमा कान्टसहितका विद्वानहरुले पनि यो भनेका छन् ।
मुक्ति र स्वमुक्ति कहिले काही एउटै जस्तो लाग्छ, कहिले होइन भन्ने तर्क आउछ । ’यदा यदाही धर्मस्य ग्लार्नि भवति भारत’ पनि मुक्तिकै विषय हो । त्यसैगरी इस्लाम वा इशाइ पनि मुक्तिको विषय हो । बुद्धिजम महामुक्तिको विषय हो । समाजवादी आन्दोलनमा हेरौ भने युपोटिन सोसलिजम र युरोपियन सोसलिजम सबै मुक्तिकै विषय हो । माथि उल्लेख गरिएको विषयहरुमा मार्क्सले भनेको फरक भनेको मुक्ति चाहने व्यक्ति, समाजले आफ्नो मुक्ति आफै खोज्छ भन्ने थियो । त्यसैले दर्शनको शब्दमा Identicial भनिन्छ । यसको अर्थ के हो भने मुक्ति हुने र दिने पात्र एउटै हो ।
अबको व्याख्या सिद्धान्त र संगठनको वरिपरि मात्रै हुन्छ । किनभने सैद्धान्तिक विषयमा दर्जनौ प्रश्नहरु रहेका छन् । सैद्धान्त र संगठनलाई बुझ्दा एक विषयबाट एउटा र अर्कोतर्फ जाँदा अर्को हुने देखिन्छ । मुक्ति र मुक्ति पाउने एउटै वर्ग वा समुदाय हो भने सिद्धान्त र संगठनको एक खास प्रकारले अघि बढ्नु पर्दछ । सगठनको विषयमा समाजशास्त्रको आधारमा ‘आइरन ल अफ ओलीगार्की’ भन्ने एउटा किताब छापियो । त्यसपछि कमै भए । लेनिनवादी संगठन यति भयानक भयो की ती पछि हुँदाहुँदै बुर्जुवा संशोधनवादी भन्ने थियो । लुकासको यसमा केही योगदान थियो भने हाबर्मासले यस विषयमा केही योगदान गरेका छन्।
लुकासको धारणामा सिद्धान्त र व्यवहारबीच मध्यस्थता गर्ने संगठन हो भने दावी लुकासले गरे । पुँजिवादले उत्पादन गरेको समाजमा एउटा वौद्धिक वर्ग हुन्छ र अर्को गैर वौद्धिक वर्ग हुन्छ । बुर्जुवा विद्वानहरुले सामाजवादी र क्रान्तिकारी चेतना नहुने तर ट्रेड युनियन सचेतना हुने वर्गलाई चेतना दिन्छ र क्रान्तिमा समाहित गराउँछ भन्ने काउत्सीको ठूलो अवधारणा थियो । What is to be done मा लेनिनले राम्रोसँग राखे त्यही विषय संसारभर संगठनको निर्माणको आधार बन्यो । त्यो ऐतिहासिक परिस्थितिमा त्यो विषय ठिकै थियो होला तर सचेत बुर्जुवा बौद्धिक वर्गले असचेत मजदुर वर्गलाई ज्ञान दिन्छ र त्यसलाई क्रान्तिकारी ज्ञान भिनिन्छ भन्ने भयो र त्यसलाई सार्वभौम नियम बनाइयो । तर स्वयम मजदुर वर्ग ज्ञान उत्पादनमा लाग्नु पर्छ की पर्दैन, लाग्यो भने कसरी लाग्छ ? यसो विषय त्यसै लतारिएर गयो र इतिहासमा बिलायो । त्यस्तो प्रश्न गर्नेहरु संशोधनवादी पनि भए होलान धेरै स्थानमा ।
कम्युनिष्टहरु चेतनाको हिसाबले मात्रै अन्यभन्दा भिन्न हुन्छन भनेर मार्क्सले भनेका थिए । त्यसैलाई लेनिनले पनि टेकेका हुन् । त्यो भेन्डागिजममा परिणत भयो हामीले त्यो इतिहासमा देखेका छौं ।
लुकासले सिद्धान्त र व्यवहारको मध्यस्थको रुपमा अघि सारेका थिए । उनले सँगसँगै पार्टी भनेको सर्वहारा वर्गको सचेत दस्ता हो भने । यसले यसमा वर्गलाई पनि जोड्यो । पार्टी भनेको सर्वाहारा वर्गको वसामुहिक इच्छाशक्तिमा वैयक्तिक रुपमा समाहित हुनुपर्दछ ।
रुसोको समयदेखिकै प्रश्न चाँही यो सामुहिक इच्छाशक्ति कसरी उत्पादन हुन्छ भन्ने थियो । सामुहिक इच्छाशक्ति बाहिर कतै उत्पन्न हुन्छ । लुकासको सिद्धान्त र व्यहारको फाँट फरक फरक हुन्छ, यसलाई संगठनले जोड्छ भन्ने तर्क रह्यो । त्यो मार्क्सले फायरवाखमा रहेको जुन सिद्धान्त व्यवहारमा प्रमाणित हुँदैन त्यो इस्कोल्यास्टिक हो थियो । व्यवहारभन्दा बाहिर सिद्धान्तको प्रयोग हुनसक्दैन भन्ने भयो । त्यसैले सिद्धान्त र व्यवहार फरक फरक विषय हुन त्यसलाई संगठनले मध्यस्थता गर्छ भन्ने सिद्धान्त आफैमा मार्क्सवादी होइन ।
युरोप वा अन्य स्थानमा सरकारी मार्क्सवादीभन्दा बाहिर रहेका मार्क्सवादीले हेगेलको think for itself अवधारणा class for itself बनाए । त्यसले त्यो वर्ग आफ्नो वर्ग र इतिहासप्रति आफै सचेत हुन्छ हेगेलको धारणा थियो । त्यसले आफ्नो वर्ग आफै निर्माण गर्छ भन्ने भयो । ज्ञान भएका र नभएकाहरुको विभाजनबाट संगठन वा क्रान्तिमा अधिनायकवादी संस्कृतिको सिर्जना गर्छ । त्यसपछि वर्गको नभै ज्ञानीहरुको अधिनायकवाद हुन्छ । ज्ञानको असमानताको कारण सोभियत संघ विघटन भयो भन्ने थियो ।
ज्ञानको असमानतालाई समस्या मान्ने हो भने क्रान्तिको शुरुवात कतैबाट हुँदै हुँदैन । कुनै न हुनै स्थानमा कोही अलि बढी ज्ञानी र अर्को अलिकम ज्ञानी हुन्छ । हामी सबै बराबरी ज्ञान लिन्छौ र सगठन बनाउँछौ भन्छ भने यो हाइपोथेटिकल कुरा हुन्छ । यो ज्ञानी विरुद्ध अज्ञानी नभै संगठनको सत्तामा रहेका र सत्तामा नभएकाहरुबीचको खाडलमा यो अधिनायकत्व सिर्जित हुन्छ । सोभियत संघ सबैभन्दा विद्वान मानिस नेता भएको होइन अरुको तुलनामा वौद्धिक रुपमा कमजोर स्टालिन नेता भएका हुन् । सत्तामा जानेहरुले आफू अनुकुल ’सत्य’ उत्पादन गर्दै जान्छ । सोभियत संघमा छदम विज्ञान निकै लोकप्रिय रह्यो । सामाजिक विज्ञानको क्षेत्रमा मात्रै होइन, भौतिकशास्त्र र जैविक विज्ञानको क्षेत्रमा समेत विकास भयो । छदम विज्ञान बिसौ वर्ष हावी भएर सोभियत संघको कृषि क्षेत्र ध्वस्त भएको रहेछ । शक्तिमा रहने र शक्तिमा नरहने विषयको कारण अधिनायवाद आएको हो ।
त्यसैले हाबरमास यसअनुकुल हुन्छन् । संगठनले के गर्छ ? यसमा वुद्धि उत्पादन गर्ने काम हुन्छ र त्यसले मानिसलाई सचेत बनाउने काम गर्छ र त्यही सचेतताको आधारमा एक्सन र रणनीति तयार गर्ने हुनुपर्छ । त्यसैले संगठनमा यसरी तीन प्रकारको काम शुरु गर्नुपर्छ । एक प्रकारको काम एकदमै वैज्ञानिक प्रकारको मानिसले गर्छन, त्यस ज्ञानले मानिसलाई सचेत बनाउनु पर्छ, त्यही सचेतनाले मजदुर वर्गले रणनीतिहरु तय गर्छ भन्ने उनको सामान्य प्रस्ताव थियो । त्यस प्रकारले उनी अलि सम्भ्रान्त जस्तो ज्ञान उत्पादन गर्ने अर्को छ भनेको जस्तो देखियो । समयक्रममा हाबरमासले थ्योरी अफ कम्युनिकेटिभ एक्सन रहेको छ । हाम्रो आन्दोलन वा क्रान्तिका लागि यो धेरै ठूलो स्रोत हो । तर सामान्यता त्यसलाई बेवास्ता गरिएको छ । ज्ञान उत्पादन गर्ने, त्यसबाट सचेत हुने र रणनीति तयार गर्ने तीन वटै प्रक्रियामा सहभागिताको विषय हाबरमासले उठाएका छन् । संगठनमा यस्तो अवस्थाको परिकल्पना गर्छन की जहाँ कुनै पनि प्रकारको असमानता हुँदैन । उनको त्यस्तो अवस्थामा तर्क बाहेक अन्य कुनै पनि शक्तिले त्यसमा अर्थ राख्नैन भनेका छन् । त्यो विषय मार्क्सवादी नै छ । किनभने मार्क्सले ब्युरोक्राटिक नभै वैज्ञानिक संगठनको विषयलाई अघि सारेका थिए । वैज्ञानिक संगठन हुनका लागि त्यसमा संवाद हुनु आवश्यक छ । कम्युनिकेटिभ एक्सनसँग इन्टर सब्जेक्टिभिटी भन्ने विषय रहेको छ । त्यसले हाबरमासले यो बस्तुगत सत्य हो भनेको विषय क्रान्तिमा लागेको सबैले स्वीकार्नु पर्छ की पर्दैन ? कुनै मार्क्सवादी विद्वानले कुनै विषयलाई ल्यायो भने पनि त्यसलाई सबैले बुझ्ने र सबैले स्वीकार्नु पर्ने हुन्छ । नत्र भने ज्ञान र विज्ञान दुवै कसैले ममाथि बाहिरबाट लादेक छ भन्ने बुझिन्छ । त्यो चेतनामा आफैले उत्पादन गरेको, आफूले स्वीकारेको हुनका लागि हाबरमासले त्यसलाई इन्टर सब्जेक्टिभ एग्रिमेन्ट भने । कम्युनिकेटिभ एक्सन र इन्टर सब्जेक्टिभी स्वमुक्तसकफ मुटु हुनुपर्दछ ।
त्यस्तो हो भने संगठनभित्र अनुक्रम हुन्छ की हुँदैन भन्ने प्रश्न आयो । यो अनुक्रम बिनाको संगठन परिकल्पना हुन्छ की हुँदैन भने त्यो हुँदैन । जस्तो केन्द्रीय कमिटीले गरेको निर्णय कुनै पनि सदस्यले जाने बुझेर समालोचक दृष्टिकोणबाट हेरेर स्वीकार्ने हो की कमिटीले निर्णय र्गयो त्यसकारणले स्वीकार्ने हो ? यसमा माओले पनि कुनै पनि कुरा माथिल्लो कमिटीले भनेको भरमा मात्रै स्वीकार्नु हुँदैन । त्यसलाई संवादबाट ज्ञान र विज्ञानबाट पर्खेर बस्तुगतताबाट मात्रै स्वीकार्ने हो । नत्र कुनै दैविक शक्तिले आएर मुक्ति दिन्छ भन्ने हुने नत्र स्वमुक्तिको विषय भने हुँदैन । इतिहासको कुनै कालखण्डमा संटक वा भुमिगतको समयमा यो हुनसक्छ तर त्यही सिद्धान्तलाई संगठनको सार्वभौम सिद्धान्त बनाइन्छ भने त्यसले समस्याग्रस्त बनाउँछ ।
सबै ज्ञान उत्पादनमा लाग्ने, सोच्ने गर्ने हो दलहरुमा विद्वानको यो प्रक्रियामा आवश्यक पर्दैन ? तर हरेक मानिस सोच्छ, संवाद गर्छ, प्रश्न गर्छ, जान्दछ र जिज्ञासा राख्छ भने पार्टी भित्रको वौद्धिकहरुले अहिले भन्दा बढी वुद्धिमान हुनुपर्छ । किनभने उठेको प्रश्नहरुको जवाफ दिनु पर्ने हुन्छ । ती प्रश्नहरुलाई संवाद र प्रतिक्रिया दिनुपर्ने हुन्छ । त्यसले गर्दा संगठन ज्ञान र वुद्धि उत्पादन गर्ने मञ्च हुनुजान्छ । जुन संगठन वौद्धिक हुन्छ त्यसले मात्रै संकटको समयमा संगठन धान्दछ । थोरै व्यक्तिमा मात्रै निर्भर रहेको संगठनले त्यस्तो धान्दैन ।
संगठन भनेको कुनै निश्चित उदेश्य प्राप्त गर्ने विषय हो । त्यसैले सल्लाह गर्ने विषयले चाँडो निर्णय गर्नु पर्ने विषयले माझीको सात गाउँ डुबेको जस्तै पनि हुनसक्छ । तर यो भनेको संगठन सञ्चालन र उदेश्य प्राप्त गर्न सहभागिताको विषय हो । सहभागिता हुँदैन भने त्यो विषय कसरी कुनै व्यक्तिको हुनसक्छ । रणनीति निर्माणसहितको विषयमा सहभागिता हुँदैन भने त्यो मेरो स्वमुक्तिको रणनीति हुनसक्दैन ।
(दर्शनशास्त्रका अध्यापक प्रसाईले नेपाल अध्ययन केन्द्रले आयोजना गरेको गोष्ठीमा व्यक्त गर्नु भएको विचार)
प्रतिक्रिया