माक्र्सवाद र स्वमुक्ति

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
माक्र्सवाद र स्वमुक्ति

सारांश

  • खगेन्द्र प्रसाई कस्तो प्रकारको संगठनले कार्ल मार्क्सले कल्पना गरेको स्व मुक्तितर्फ लान्छ ?
  • आम बुझाइ के हो भने संगठन भनेको साधन हो ।
  • यति संगठनलाई साधन मान्ने हो भने मानिस पनि साधन हुन्छ ।

खगेन्द्र प्रसाई

कस्तो प्रकारको संगठनले कार्ल मार्क्सले कल्पना गरेको स्व मुक्तितर्फ लान्छ ? आम बुझाइ के हो भने संगठन भनेको साधन हो । यति संगठनलाई साधन मान्ने हो भने मानिस पनि साधन हुन्छ । मार्क्सवादले मनुष्य जीवन स्वयममा एउटा साध्य हो र यसलाई साधनको रुपमा हेरिनु हुन्न भन्छ । अन्य भन्दा फरक हो तर मार्क्स अघिमा कान्टसहितका विद्वानहरुले पनि यो भनेका छन् ।
मुक्ति र स्वमुक्ति कहिले काही एउटै जस्तो लाग्छ, कहिले होइन भन्ने तर्क आउछ । ’यदा यदाही धर्मस्य ग्लार्नि भवति भारत’ पनि मुक्तिकै विषय हो । त्यसैगरी इस्लाम वा इशाइ पनि मुक्तिको विषय हो । बुद्धिजम महामुक्तिको विषय हो । समाजवादी आन्दोलनमा हेरौ भने युपोटिन सोसलिजम र युरोपियन सोसलिजम सबै मुक्तिकै विषय हो । माथि उल्लेख गरिएको विषयहरुमा मार्क्सले भनेको फरक भनेको मुक्ति चाहने व्यक्ति, समाजले आफ्नो मुक्ति आफै खोज्छ भन्ने थियो । त्यसैले दर्शनको शब्दमा Identicial भनिन्छ । यसको अर्थ के हो भने मुक्ति हुने र दिने पात्र एउटै हो ।

अबको व्याख्या सिद्धान्त र संगठनको वरिपरि मात्रै हुन्छ । किनभने सैद्धान्तिक विषयमा दर्जनौ प्रश्नहरु रहेका छन् । सैद्धान्त र संगठनलाई बुझ्दा एक विषयबाट एउटा र अर्कोतर्फ जाँदा अर्को हुने देखिन्छ । मुक्ति र मुक्ति पाउने एउटै वर्ग वा समुदाय हो भने सिद्धान्त र संगठनको एक खास प्रकारले अघि बढ्नु पर्दछ । सगठनको विषयमा समाजशास्त्रको आधारमा ‘आइरन ल अफ ओलीगार्की’ भन्ने एउटा किताब छापियो । त्यसपछि कमै भए । लेनिनवादी संगठन यति भयानक भयो की ती पछि हुँदाहुँदै बुर्जुवा संशोधनवादी भन्ने थियो । लुकासको यसमा केही योगदान थियो भने हाबर्मासले यस विषयमा केही योगदान गरेका छन्।

लुकासको धारणामा सिद्धान्त र व्यवहारबीच मध्यस्थता गर्ने संगठन हो भने दावी लुकासले गरे । पुँजिवादले उत्पादन गरेको समाजमा एउटा वौद्धिक वर्ग हुन्छ र अर्को गैर वौद्धिक वर्ग हुन्छ । बुर्जुवा विद्वानहरुले सामाजवादी र क्रान्तिकारी चेतना नहुने तर ट्रेड युनियन सचेतना हुने वर्गलाई चेतना दिन्छ र क्रान्तिमा समाहित गराउँछ भन्ने काउत्सीको ठूलो अवधारणा थियो । What is to be done मा लेनिनले राम्रोसँग राखे त्यही विषय संसारभर संगठनको निर्माणको आधार बन्यो । त्यो ऐतिहासिक परिस्थितिमा त्यो विषय ठिकै थियो होला तर सचेत बुर्जुवा बौद्धिक वर्गले असचेत मजदुर वर्गलाई ज्ञान दिन्छ र त्यसलाई क्रान्तिकारी ज्ञान भिनिन्छ भन्ने भयो र त्यसलाई सार्वभौम नियम बनाइयो । तर स्वयम मजदुर वर्ग ज्ञान उत्पादनमा लाग्नु पर्छ की पर्दैन, लाग्यो भने कसरी लाग्छ ? यसो विषय त्यसै लतारिएर गयो र इतिहासमा बिलायो । त्यस्तो प्रश्न गर्नेहरु संशोधनवादी पनि भए होलान धेरै स्थानमा ।

कम्युनिष्टहरु चेतनाको हिसाबले मात्रै अन्यभन्दा भिन्न हुन्छन भनेर मार्क्सले भनेका थिए । त्यसैलाई लेनिनले पनि टेकेका हुन् । त्यो भेन्डागिजममा परिणत भयो हामीले त्यो इतिहासमा देखेका छौं ।
लुकासले सिद्धान्त र व्यवहारको मध्यस्थको रुपमा अघि सारेका थिए । उनले सँगसँगै पार्टी भनेको सर्वहारा वर्गको सचेत दस्ता हो भने । यसले यसमा वर्गलाई पनि जोड्यो । पार्टी भनेको सर्वाहारा वर्गको वसामुहिक इच्छाशक्तिमा वैयक्तिक रुपमा समाहित हुनुपर्दछ ।

रुसोको समयदेखिकै प्रश्न चाँही यो सामुहिक इच्छाशक्ति कसरी उत्पादन हुन्छ भन्ने थियो । सामुहिक इच्छाशक्ति बाहिर कतै उत्पन्न हुन्छ । लुकासको सिद्धान्त र व्यहारको फाँट फरक फरक हुन्छ, यसलाई संगठनले जोड्छ भन्ने तर्क रह्यो । त्यो मार्क्सले फायरवाखमा रहेको जुन सिद्धान्त व्यवहारमा प्रमाणित हुँदैन त्यो इस्कोल्यास्टिक हो थियो । व्यवहारभन्दा बाहिर सिद्धान्तको प्रयोग हुनसक्दैन भन्ने भयो । त्यसैले सिद्धान्त र व्यवहार फरक फरक विषय हुन त्यसलाई संगठनले मध्यस्थता गर्छ भन्ने सिद्धान्त आफैमा मार्क्सवादी होइन ।

युरोप वा अन्य स्थानमा सरकारी मार्क्सवादीभन्दा बाहिर रहेका मार्क्सवादीले हेगेलको think for itself अवधारणा class for itself बनाए । त्यसले त्यो वर्ग आफ्नो वर्ग र इतिहासप्रति आफै सचेत हुन्छ हेगेलको धारणा थियो । त्यसले आफ्नो वर्ग आफै निर्माण गर्छ भन्ने भयो । ज्ञान भएका र नभएकाहरुको विभाजनबाट संगठन वा क्रान्तिमा अधिनायकवादी संस्कृतिको सिर्जना गर्छ । त्यसपछि वर्गको नभै ज्ञानीहरुको अधिनायकवाद हुन्छ । ज्ञानको असमानताको कारण सोभियत संघ विघटन भयो भन्ने थियो ।

ज्ञानको असमानतालाई समस्या मान्ने हो भने क्रान्तिको शुरुवात कतैबाट हुँदै हुँदैन । कुनै न हुनै स्थानमा कोही अलि बढी ज्ञानी र अर्को अलिकम ज्ञानी हुन्छ । हामी सबै बराबरी ज्ञान लिन्छौ र सगठन बनाउँछौ भन्छ भने यो हाइपोथेटिकल कुरा हुन्छ । यो ज्ञानी विरुद्ध अज्ञानी नभै संगठनको सत्तामा रहेका र सत्तामा नभएकाहरुबीचको खाडलमा यो अधिनायकत्व सिर्जित हुन्छ । सोभियत संघ सबैभन्दा विद्वान मानिस नेता भएको होइन अरुको तुलनामा वौद्धिक रुपमा कमजोर स्टालिन नेता भएका हुन् । सत्तामा जानेहरुले आफू अनुकुल ’सत्य’ उत्पादन गर्दै जान्छ । सोभियत संघमा छदम विज्ञान निकै लोकप्रिय रह्यो । सामाजिक विज्ञानको क्षेत्रमा मात्रै होइन, भौतिकशास्त्र र जैविक विज्ञानको क्षेत्रमा समेत विकास भयो । छदम विज्ञान बिसौ वर्ष हावी भएर सोभियत संघको कृषि क्षेत्र ध्वस्त भएको रहेछ । शक्तिमा रहने र शक्तिमा नरहने विषयको कारण अधिनायवाद आएको हो ।

त्यसैले हाबरमास यसअनुकुल हुन्छन् । संगठनले के गर्छ ? यसमा वुद्धि उत्पादन गर्ने काम हुन्छ र त्यसले मानिसलाई सचेत बनाउने काम गर्छ र त्यही सचेतताको आधारमा एक्सन र रणनीति तयार गर्ने हुनुपर्छ । त्यसैले संगठनमा यसरी तीन प्रकारको काम शुरु गर्नुपर्छ । एक प्रकारको काम एकदमै वैज्ञानिक प्रकारको मानिसले गर्छन, त्यस ज्ञानले मानिसलाई सचेत बनाउनु पर्छ, त्यही सचेतनाले मजदुर वर्गले रणनीतिहरु तय गर्छ भन्ने उनको सामान्य प्रस्ताव थियो । त्यस प्रकारले उनी अलि सम्भ्रान्त जस्तो ज्ञान उत्पादन गर्ने अर्को छ भनेको जस्तो देखियो । समयक्रममा हाबरमासले थ्योरी अफ कम्युनिकेटिभ एक्सन रहेको छ । हाम्रो आन्दोलन वा क्रान्तिका लागि यो धेरै ठूलो स्रोत हो । तर सामान्यता त्यसलाई बेवास्ता गरिएको छ । ज्ञान उत्पादन गर्ने, त्यसबाट सचेत हुने र रणनीति तयार गर्ने तीन वटै प्रक्रियामा सहभागिताको विषय हाबरमासले उठाएका छन् । संगठनमा यस्तो अवस्थाको परिकल्पना गर्छन की जहाँ कुनै पनि प्रकारको असमानता हुँदैन । उनको त्यस्तो अवस्थामा तर्क बाहेक अन्य कुनै पनि शक्तिले त्यसमा अर्थ राख्नैन भनेका छन् । त्यो विषय मार्क्सवादी नै छ । किनभने मार्क्सले ब्युरोक्राटिक नभै वैज्ञानिक संगठनको विषयलाई अघि सारेका थिए । वैज्ञानिक संगठन हुनका लागि त्यसमा संवाद हुनु आवश्यक छ । कम्युनिकेटिभ एक्सनसँग इन्टर सब्जेक्टिभिटी भन्ने विषय रहेको छ । त्यसले हाबरमासले यो बस्तुगत सत्य हो भनेको विषय क्रान्तिमा लागेको सबैले स्वीकार्नु पर्छ की पर्दैन ? कुनै मार्क्सवादी विद्वानले कुनै विषयलाई ल्यायो भने पनि त्यसलाई सबैले बुझ्ने र सबैले स्वीकार्नु पर्ने हुन्छ । नत्र भने ज्ञान र विज्ञान दुवै कसैले ममाथि बाहिरबाट लादेक छ भन्ने बुझिन्छ । त्यो चेतनामा आफैले उत्पादन गरेको, आफूले स्वीकारेको हुनका लागि हाबरमासले त्यसलाई इन्टर सब्जेक्टिभ एग्रिमेन्ट भने । कम्युनिकेटिभ एक्सन र इन्टर सब्जेक्टिभी स्वमुक्तसकफ मुटु हुनुपर्दछ ।

त्यस्तो हो भने संगठनभित्र अनुक्रम हुन्छ की हुँदैन भन्ने प्रश्न आयो । यो अनुक्रम बिनाको संगठन परिकल्पना हुन्छ की हुँदैन भने त्यो हुँदैन । जस्तो केन्द्रीय कमिटीले गरेको निर्णय कुनै पनि सदस्यले जाने बुझेर समालोचक दृष्टिकोणबाट हेरेर स्वीकार्ने हो की कमिटीले निर्णय र्गयो त्यसकारणले स्वीकार्ने हो ? यसमा माओले पनि कुनै पनि कुरा माथिल्लो कमिटीले भनेको भरमा मात्रै स्वीकार्नु हुँदैन । त्यसलाई संवादबाट ज्ञान र विज्ञानबाट पर्खेर बस्तुगतताबाट मात्रै स्वीकार्ने हो । नत्र कुनै दैविक शक्तिले आएर मुक्ति दिन्छ भन्ने हुने नत्र स्वमुक्तिको विषय भने हुँदैन । इतिहासको कुनै कालखण्डमा संटक वा भुमिगतको समयमा यो हुनसक्छ तर त्यही सिद्धान्तलाई संगठनको सार्वभौम सिद्धान्त बनाइन्छ भने त्यसले समस्याग्रस्त बनाउँछ ।

सबै ज्ञान उत्पादनमा लाग्ने, सोच्ने गर्ने हो दलहरुमा विद्वानको यो प्रक्रियामा आवश्यक पर्दैन ? तर हरेक मानिस सोच्छ, संवाद गर्छ, प्रश्न गर्छ, जान्दछ र जिज्ञासा राख्छ भने पार्टी भित्रको वौद्धिकहरुले अहिले भन्दा बढी वुद्धिमान हुनुपर्छ । किनभने उठेको प्रश्नहरुको जवाफ दिनु पर्ने हुन्छ । ती प्रश्नहरुलाई संवाद र प्रतिक्रिया दिनुपर्ने हुन्छ । त्यसले गर्दा संगठन ज्ञान र वुद्धि उत्पादन गर्ने मञ्च हुनुजान्छ । जुन संगठन वौद्धिक हुन्छ त्यसले मात्रै संकटको समयमा संगठन धान्दछ । थोरै व्यक्तिमा मात्रै निर्भर रहेको संगठनले त्यस्तो धान्दैन ।

संगठन भनेको कुनै निश्चित उदेश्य प्राप्त गर्ने विषय हो । त्यसैले सल्लाह गर्ने विषयले चाँडो निर्णय गर्नु पर्ने विषयले माझीको सात गाउँ डुबेको जस्तै पनि हुनसक्छ । तर यो भनेको संगठन सञ्चालन र उदेश्य प्राप्त गर्न सहभागिताको विषय हो । सहभागिता हुँदैन भने त्यो विषय कसरी कुनै व्यक्तिको हुनसक्छ । रणनीति निर्माणसहितको विषयमा सहभागिता हुँदैन भने त्यो मेरो स्वमुक्तिको रणनीति हुनसक्दैन ।

(दर्शनशास्त्रका अध्यापक प्रसाईले नेपाल अध्ययन केन्द्रले आयोजना गरेको गोष्ठीमा व्यक्त गर्नु भएको विचार)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताजा अपडेट सुन्दरहरैचा नगरपालिका मेयरमा काङ्ग्रेस  उपमेयरमा  एमाले अगाडि,
ताजा अपडेट सुन्दरहरैचा नगरपालिका मेयरमा काङ्ग्रेस उपमेयरमा एमाले अगाडि,
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
सुन सहित भारतीय नागरीक पक्राउ
सुन सहित भारतीय नागरीक पक्राउ
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
काँग्रेस विशेष महाधिवेशन: नीति, नेतृत्व र विधान परिवर्तन आवश्यक
हजयात्रा सुरु, बीस लाख हजयात्री मक्कामा !
हजयात्रा सुरु, बीस लाख हजयात्री मक्कामा !
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?

तपाईंले छुटाउनुभयो कि?