अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा
सारांश
- काठमाडौँ, १० साउन ।
- युवा खेलाडी अनिलकुमार शाहले अभ्यास खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
- उनको सतकिय पारीको मदतमा नेपालले हिज भएको इष्ट लण्डन एघार विरुद्धको अभ्यास खेल २२३ रनको विशाल अन्तरले जित्यो ।
काठमाडौँ, १० साउन । युवा खेलाडी अनिलकुमार शाहले अभ्यास खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनको सतकिय पारीको मदतमा नेपालले हिज भएको इष्ट लण्डन एघार विरुद्धको अभ्यास खेल २२३ रनको विशाल अन्तरले जित्यो ।

अनिलले मात्र ११८ बलको सामना गरेर १३१ रन बनाएका थिए । उनले यसक्रममा १ छक्का र १७ चौका प्रहार गरे । भने अर्को तर्फ धेरै पछि लयमा देखिएका अनुभवी खेलाडी सरद भषावकर मात्र २ रनले सतक बनाउनबा चुके उनले ८५ बलमा ९८ रन बनाएका थिए । सरद र अनिलले चौथो विकेटका लागि २ सय १४ रनको साझेदारी गरेका थिए ।

यस अघि पनि अनिलले सेन्ट क्रस क्रिकेट क्लब विरुद्ध भएको २० ओभरको खेलमा अर्धसतकिय पारी खेलेका थिए । जुन खेलमा नेपाल १९ रनले पराजित भएको थियो । तिन अभ्यास खेल मध्ये नेपालले ५० ओभरका दुई खेलमा जित निकालेको छ भने २० ओभरको खेलमा हार व्यहोरेको छ । आज नेपालले अन्तिम अभ्यास खेल इष्ट लण्डन शार्कसँग खेल्नेछ जुन २० ओभरको हुनेछ ।
तिन अभ्यास खेल भैसक्दा नेपालको ओपनर ब्याट्सम्यानको समस्या भने अझै सुल्झिएको छैन । दुई वर्ष पछि राष्ट्रिय टोलिमा फर्केका सुवाष खकुरेलले तिनवटै खेलमा त्यति राम्रो प्रदर्शन गर्न सकेनन् । अर्का ओपनर ज्ञानेन्द्र मल्ल पनि लगातार असफल देखिएका छन् ।
Krishna Thakuri
ज्ञानेन्द्र मल्लकाे काम छैन अब