बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार
सारांश
- पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा बलात्काको बदलामा बलात्कार गरिएको छ ।
- मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा परिवारकै सामू बलात्कार गरिएको हो ।
- पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा बलात्काको बदलामा बलात्कार गरिएको छ ।
मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा परिवारकै सामू बलात्कार गरिएको हो । पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पीडित किशोरीका दाजुले केही अघि छिमेकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । सोही अपराधको बदलामा पञ्चायतले बदलास्वरुप बलात्कारीको बहिनीलाई बलात्कार गर्न आदेश दिएको संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो बहिनीलाई बलात्कार गर्ने आरोपीकी बहिनीलाई बलात्कार गर्न पञ्चायतले आदेश दिएअनुसार पीडितको दाजुले परिवारकै सामू बलात्कार गरेको बताइएको छ ।
मुल्तान मण्डलका प्रहरी प्रमुख अहसान युनिसका अनुसार १८ जुलाईमा भएको सो घटनाका बारेमा प्रहरीले हालसम्म २० जनालाई गिरफ्तार गरेको छ । बलात्कारको आदेश दिने गाउँ पञ्चायतका प्रमुखसहित २० जनालाई गिरफ्तार गरिएको उनले बताए । पाकिस्तानका कयौं ग्रामिण इलाकामा पञ्चायतको आदेश पालना गर्ने प्रचलन छ । मानवअधिकारवादीहरुले भने यस प्रकारको व्यवस्थाको विरोध गर्दै आएका छन् ।
टिभी अन्नपूर्ण बाट साभार ।
प्रतिक्रिया