अनुपाको टाउको र घाँटीको छर्रा निकालियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
अनुपाको टाउको र घाँटीको छर्रा निकालियो

सारांश

  • बनियानी, झापा, २६ चैत।
  • माओवादी पूर्वलडाकु अनुपा राईको टाउको र घाँटीमा रहेको गोलीको छर्रा निकालिएको छ ।
  • विगत डेढ दशकदेखि शरीरको विभिन्न भागमा गोली छर्रा बोकेर हिँडिरहनुभएका राईको बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटलले निःशुल्क शल्यक्रिया गरी छर्रा निकालिएको हो ।

बनियानी, झापा, २६ चैत। माओवादी पूर्वलडाकु अनुपा राईको टाउको र घाँटीमा रहेको गोलीको छर्रा निकालिएको छ ।

विगत डेढ दशकदेखि शरीरको विभिन्न भागमा गोली छर्रा बोकेर हिँडिरहनुभएका राईको बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटलले निःशुल्क शल्यक्रिया गरी छर्रा निकालिएको हो । पाँच घण्टा लामो शल्यक्रियापछि अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा पंकज नेपाल नेतृत्वको चिकित्सक टोलीले राईको टाउको र घाँटीबाट पाँच÷पाँच एमएमको छर्रा निकालेको हो ।

अनुपाको छातीका करङ, हातका हड्डी र घाँटीका हड्डीमा छर्रा रहेको डा नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “हड्डीमा रहेका छर्रा खासै असर गर्दैन । जटिल शल्यक्रियाबाट हामीले पेसेन्टको टाउकामा रहेको गोलीको छर्रा निकाल्यौँ ।” आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा डा नेपालले भन्नुभयो, “शल्याक्रिया नै गाह्रो थियो, तर पनि हामी सफल भयौँ ।”

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मुलुकको परिवर्तनका लागि संघर्ष गर्नुभएका राईको उपचार गर्न पाउँदा निक्कै खुशी लागेको बताउनुभयो ।
उपचार पाएपछि अनुपाले अस्पताल र उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिनुभयो ।
विसं २०५९ वैशाख २४ मा संखुवासभाको चैनपुरमा आक्रमण हुँदा घाइते हुनुभएका अनुपाको शरीरको विभिन्न भागमा विष्फोटक पदार्थको छर्रा लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?