दाङमा एक मात्रै महिला उम्मेदवार
सारांश
- दाङ, कात्तिक १७ – मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको प्रत्येक्ष तर्फको चुनावमा दाङमा मुख्य तीन दलबाट एक मात्र महिलाको उम्मेदवारी परेको छ ।
- प्रतिनिधिसभा र प्रदेशसभातर्फ ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट चुनाव लड्ने उम्मेदवार मध्ये एक मात्रै महिला उम्मेदवार रहेका छन् ।
- नेपाली कांग्रेसले मात्रै एउटा महिलालाई उम्मेदवार बनाएको छ ।
दाङ, कात्तिक १७ – मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको प्रत्येक्ष तर्फको चुनावमा दाङमा मुख्य तीन दलबाट एक मात्र महिलाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट चुनाव लड्ने उम्मेदवार मध्ये एक मात्रै महिला उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले मात्रै एउटा महिलालाई उम्मेदवार बनाएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नं १ बाट नेपाली कांग्रेसले निवर्तमान सभासद सुशीला चौधरीलाई मात्रै उम्मेदवार बनाएको छ । चौधरी बाहेक कांग्रेसबाट प्रत्यक्षको चुनाव लड्ने सबै पुरुष रहेका छन् । एमाले—माओवादी गठबन्धले प्रतिनिधि तथा प्रदेशसभा दुवैमा महिलालाई उम्मेदवार बनाएको छैन ।
दलहरुका तर्फबाट प्रतिनिधिसभातर्फ २३ र प्रदेशसभामा ४९ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभातर्फ स्वतन्त्रका ८ र प्रदेशसभातर्फ ९ गरी दाङमा ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभा धेरै पुराना र प्रदेशसभामा मिश्रित अनुहार
ठूला दलबाट उम्मेदवार बनेका अधिकांश अनुहारहरु पुरानै देखिएका छन् । विगतका निर्वाचनहरुमा जिल्लाबाटै निर्वाचित भएका र चुनावमा पराजितहरु अहिले पनि उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएका सुशीला चौधरी, राजु खनाल र दीपक गिरी तीनै जना निर्वतमान सभासद हुनुहुन्छ । वाम गठबन्धनले प्रतिनिधिसभामा उम्मेदवार बनाएका कृष्णबहादुर महरा र प्रदेशसभामा उम्मेदवार बनाएको शंकर पोख्रेल निर्वतमान सभासद हुनुहुन्छ ।
क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा बामगठबन्धका तर्फबाट क्षेत्र नं १ मा चुनाव लड्ने मेटमणि चौधरी र हिराचन्द्र केसी पहिलो पटक सभासदका लागि चुनाव लड्दै हुनुहुन्छ ।
प्रदेशसभातर्फ भने मिश्रित अनुहार देखिएको छ । कांग्रेसले क्षेत्र नं १ र २ बाट उम्मेदवार बनाएका प्रदिप थापा, जानकी लाल बस्नेत, कमलकिशोर घिमिरे र भरतबहादुर न्यौपाने जिल्लाको सक्रिय राजनीतिमा रहेका तर पहिलो पटक सभासदका लागि लड्दै हुनुहुन्छ । प्रदेशसभातर्फ कांग्रेसले क्षेत्र नं ३ बाट उम्मेदवार बनाएका डिल्ली चौधरी र बुद्धिराम भण्डारी दुवै निर्वतमान सभासद हुनुहन्छ ।
वाम गठनबन्धले उम्मेदवार बनाएका माओवादीका इन्द्रजित चौधरी पूर्वसभासद हुनुहुन्छ भने रेवतीरमण घिमिरे यसअघि सभासदमा चुनाव लडेको अनुहार हो । क्षेत्र नं २ मा प्रदेशसभातर्फ चुनाव लड्ने शंकर पोख्रेल र क्षेत्र नं ३ बाट चुनाव लड्ने उत्तरकुमार वली पुरानै अनुहार हुन् भने जगप्रसाद शर्मा पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ ।
प्रतिक्रिया