जनतामाझ पुग्दा किन खुशी लाग्छ पूर्व राजा ज्ञानेन्द्रलाई ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
जनतामाझ पुग्दा किन खुशी लाग्छ पूर्व राजा ज्ञानेन्द्रलाई ?

सारांश

  • पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीस्थित शिवपुरी धार्मिक स्थलमा पूजाअर्चना गरेका छन् ।
  • परिवारका सदस्यहरुका साथमा धनगढी उपमहानगरपालिका चार उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुगेर उनले पुजापाठ गरेका हुन ।
  • पूजापाठपछि एभिन्यूज खबरलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले जनताको विचमा आउन पाउदा खुसी मिलेको बताए ।

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीस्थित शिवपुरी धार्मिक स्थलमा पूजाअर्चना गरेका छन् । परिवारका सदस्यहरुका साथमा धनगढी उपमहानगरपालिका चार उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुगेर उनले पुजापाठ गरेका हुन । पूजापाठपछि एभिन्यूज खबरलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले जनताको विचमा आउन पाउदा खुसी मिलेको बताए ।

 

सो क्रममा पूर्व राजा शाहले धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिङ्ग, नेपाल आमाको मूर्तिमा पुजा गरेका थिए । पूर्व राजा शिवपुरी धार्मिक स्थलमा आउने भनेपछि ठुलो संख्यामा सर्वसाधारण त्यहा पुगेका थिए । सो अवसरमा समर्थकहरुले पूर्वराजाको पक्षमा नारावाजी समेत गरेका थिए । केही दिनदेखि पश्चिम नेपालमा रहेका पूर्व राजा शाहले हिजो बर्दियाको गुलरियामा रहेको श्री बंगलामुखी मन्दिरमा पूजाअर्चना गरेका थिए । उनी बिहीबार डोटीको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?