अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
३४ पटक हेरिएको
Shares
अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा

सारांश

  • काठमाडौं ।
  • अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ ।
  • सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो ।

काठमाडौं । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा एक हजार दुई सय ६२ जनाको सहभागिता रहनेछ । सम्मेलनले आगामी तीन वर्षका लागि नीति, कार्यक्रम पारित गर्नुका साथै नेतृत्व चयन गर्ने सङ्घका संयोजक थममाया थापाले जानकारी दिइन्।

अनेमसङ्घले राष्ट्रको अग्रगमन र समृद्धिका लागि राज्यको हरेक संरचनामा महिलाको समानुपातिक समावेशी सहभागिताका साथै महिला हिंसाको अन्त्य, शान्ति, सुशासन र सामाजिक न्यायप्राप्तिका उद्देश्यले निरन्तर काम गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?