विश्वकप फुटबल २०१८: नकअाउट चरणमा यि टिम खेल्दैछन अाज
सारांश
- विश्वकप फुटबल प्रतियोगितामा आज रातिबाट नकआउट चरणका खेल हुँदैछन्।
- अन्तिम १६ को आजको पहिलो खेल मै फ्रान्स र अर्जेन्टिना भिड्दैछन्।
- दाबेदार मानिएका टिममा सुपरस्टार खेलाडी छन्।
विश्वकप फुटबल प्रतियोगितामा आज रातिबाट नकआउट चरणका खेल हुँदैछन्।
अन्तिम १६ को आजको पहिलो खेल मै फ्रान्स र अर्जेन्टिना भिड्दैछन्। दाबेदार मानिएका टिममा सुपरस्टार खेलाडी छन्। अन्तिम १६ मै दुई टिमबीच भिड्दा उपाधि खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।
पाउल पोग्वा र एन्टोनी ग्रिजम्यानदेखि लिओनल मेसी र एन्जल डि मारिया मैदान एकापसमा भिड्ने भएकाले फाइनलअघिको उत्कृष्ट खेल भन्न सकिन्छ। फ्रान्सविरुद्ध अर्जेन्टिनाको इतिहास राम्रो छ। यसअघि खेलेका दुवै खेलमा अर्जेन्टिना विजयी भएको थियो। दुवैपटक अर्जेन्टिनाले सेमिफाइनलमा जित निकालेको थियो।
जारी विश्वकपमा फ्रान्सको यो पहिलो वास्तविक परीक्षा हो। अपेक्षा अनुसारको खेल देखाउन फ्रेन्च टिममा दबाब छ। फ्रान्सलाई अर्जेन्टिनाका एक खेलाडीको गति रोक्न सक्नुपर्नेछ, उनी हुन् मेसी।
समूह चरणमा अर्जेन्टिना आफ्नै कारणले अप्ठ्यारोमा परेको थियो। टिमले खराब प्रदर्शन गरेको थियो। अब फ्रान्सविरुद्ध अर्जेन्टिनालाई आफूले गल्ती गर्ने छुट हुनेछैन। अर्कोतर्फ अर्जेन्टिनाले तीव्र गतिमा खेल्ने फ्रान्सका युवा तथा प्रतिभाशाली खेलाडीको रफ्तार रोक्नुपर्ने हुन्छ। फ्रान्सविरुद्ध अघिल्लो खेलकै टिम खेल्ने सम्भावना छ।
दुवै टिम का खेलाडीहरु
फ्रान्स : हुगो लोरिस, बेन्जामिन पभार्ड, राफायल भारेन, स्यामुयल उम्टिटी, लुकास हर्नान्डेज, पाउल पोग्बा, एनगोलो कान्टे, केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, उस्मान डेम्बेले, ओलिभर जिरुड

अर्जेन्टिना : फ्रान्को अर्मानी, ग्राबियल मार्काडो, निकोलास ओटामेन्डी, मार्कोस रोजो, निकोलास टाग्लियाफिको, इभर बनेगा, जाभियर मास्चिरानो, इन्जो पेरेज, एन्जेल डि मारिया, लिओनल मेसी, गोन्जालो हिग्युइन।
समय: ७: ४५
प्रतिक्रिया