अन्तत : राजपासँग झुके ओली, रेशमलाई शपथ खुवाएर जेल पठाउने तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अन्तत : राजपासँग झुके ओली, रेशमलाई शपथ खुवाएर जेल पठाउने तयारी

सारांश

  • पुस १९, काठमाण्डौ ।
  • कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज सांसद्को शपथ लिँदैछन् ।
  • चौधरीलाई सिंहदरबारमा शपथ खुवाउन लागिएको हो ।

पुस १९, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज सांसद्को शपथ लिँदैछन् । चौधरीलाई सिंहदरबारमा शपथ खुवाउन लागिएको हो ।

शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ । शपथपछि उनलाई पुनः कारागार नै लगिने बताइएको छ । उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्।

संसद् नियमावली अनुसार उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन् ।

सेवा सुविधा रोक्का हुनेछ । भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पाउने छैनन् । प्रतिनिधसभा नियमावलीको २४४(३) अनुसार चौधरी संसद् बैठकमा सहभागी हुन पाउने छैनन् ।

२०७४ फागुन १४ गते चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । कैलाली घटनापछि फरार रहेका चौधरीले अदालतमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गरेकै दिन अदालतले बयान गराई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

थुनामा रहेका चौधरीले आफूले निर्वाचित भएको प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । ०७४ पुसमा दर्ता रिटमा सर्वोच्चले पनि कानुनी हिसाबले फरार रहेको भन्दै वारेसमार्फत रिट दर्ता अस्वीकार गरेको थियो । चौधरीको रिट दरपीठ भएको थियो ।

२०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । उक्त घटनाका मुख्य योजनाकार चौधरी रहेको मुख्य आरोप छ ।

राजपाले संविधान संशोधनको माग राख्दै गर्दा चौधरीलाई पनि सपथ खुवाउनुपर्नें माग जोडेको थियो । पछिल्लो समय पुष १० गते राजपाका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना मागहरु पूरा गराउन दबाब दिएका थिए ।

ओलीले एक हप्ताभित्रमा मागका बारेमा जवाफ दिने बताएका थिए । संविधान संशोधन लगायतका अरु मागका विषयमा केही नबोले पनि चौधरीलाई सपथ खुवाएर ओलीले राजपासँगको दुरी बढ्न नदिने रणनीति लिएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?
पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित
आज गणेश चतुर्थी पर्व : भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै
आज गणेश चतुर्थी पर्व : भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै
प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार
प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई
सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई

तपाईंले छुटाउनुभयो कि?